पुराना गाडीका इञ्जिन निकालेर विद्युतीय गाडी बनाउने कामलाई अनुमति दिने सरकारको योजना

  • Technology Khabar | ३ मंसिर २०८२, बुधबार
पुराना गाडीका इञ्जिन निकालेर विद्युतीय गाडी बनाउने कामलाई अनुमति दिने सरकारको योजना

काठमाडौं ।

सरकारले पुराना सवारी साधनहरुको आईसी ईञ्जिनहरु निकालेर तिनीहरुलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने कार्यलाई अनुमति दिने योजना बनाएको छ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले आज सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा यसबारे  अनौपचारिक जानकारी बाहिर ल्याएका हुन्।

मन्त्रालयका काम र योजनाबारे ‌औपचारिक विज्ञप्ति नै आएपछि मात्र पुष्टि हुने भए पनि सरकारका मन्त्री पुनले भने औपचारिक कुरालाई नै सामाजिक सञ्जालमा राख्दै आएका कारण यसैलाई आधिकारिक सूचना मान्न सकिने अवस्था छ।

‘लौ सुन्नु होस् राम्रो कुरा – नेपालमा धेरै बर्षदेखि धेरै इञ्जीनियरहरु र टेक्नीसियनहरुले पुरानो कार र भ्यानहरुलाई इञ्जीन फालेर त्यसलाई ब्याट्री वाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरेका थिए। तर लोभीपापीहरुले अनेकौं नियम कानुन देखाएर कसैलाई त्यसो गर्ने अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्दैछ’, स्टाटसमा लेखिएको छ।

यसअघि केही व्यक्ति वा कम्पनीहरुले यस्तो कामको शुरुवात गरे पनि स्पष्ट नियम र कार्यविधि नभएको भन्दै  परिवर्तन गर्न दिइएको थिएन।

प्रकाशित: ३ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार