Technology Khabar ३ मंसिर २०८२, बुधबार
काठमाडौं ।
केही समय अघि, सामसङ ग्यालेक्सी बड्स ४ को स्केचहरू देखा परेको थियो। यसै क्रममा अब वान यूआई ८.५ को कोडमा नयाँ र धेरै विस्तृत तस्बिरहरूको साथमा आगामी पुस्ताका लागि नयाँ सुविधाहरूको खुलासा गर्ने विवरणहरू पनि फेला पारिएको छ।
सामसङ ग्यालेक्सी बड्स ४ र बड्स ४ प्रोमा अझै पनि स्टिम्सहरू रहने भएका छन्। यद्यपि, उक्त स्टिम्सहरू फ्ल्याट हुनेछन् भने बड्स ३ पुस्तामा त्रिकोणीय आकार रहेका थिए। साथै अब “ब्लेड लाइटहरू” कतै पनि नदेखिएको उल्लेख गरिएको छ।
चार्जिङ केस पनि पुनः डिजाइन गरिएको र चार्जिङको लागि पछाडि यूएसबी–सी पोर्टको साथमा एउटा बटन रहेको बताइएको छ जसले फाइण्ड योर फोन फङ्गसन ट्रिगर गर्दछ (फोनले फेला पार्न मद्दत गर्ने ध्वनि निकाल्छ)। त्यसैगरी चार्जिङ पोर्टको अर्को छेउमा लाउडस्पीकर ग्रिल जस्तो देखिएको हुनाले चार्जिङ केसले पनि आवाज निकाल्न सक्ने थप उल्लेख गरिएको छ।
यस पुस्ताको ठूलो अपग्रेडको रुपमा रहने हेड जेस्चरमार्फत टाउको हल्लाएर कल वा सूचनाहरूको जवाफ दिन, ठूलो स्वरमा पढिएका सूचनाहरू सुन्न (र पढ्ने कार्य रद्द गर्न), अलार्म र टाइमरहरू बन्द गर्ने जस्ता निश्चित कार्यहरू ट्रिगर गर्न सकिने छ। साथै फोनको एआई सहायकसँग च्याट गर्दा टाउको हल्लाएर “हो वा होइन” प्रश्नहरूको जवाफ दिन सकिने बताइएको छ।
स्टिमहरूले स्क्विज र स्वाइप फङ्गसनहरू सहितको हार्डवेयर नियन्त्रणको रूपमा काम गर्नेछन्। बड्स ४ मा एडाप्टिभ नोइज कन्ट्रोल, ३६० डिग्री अडियो रेकर्डिङ र फोन वा ट्याब्लेटसँग द्रुत रुपमा पेयरिङ्ग पनि हुनेछ। यस बाहेक केसमा अलि ठूलो ब्याट्री हुने उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी बड्स ४ र बड्स ४ प्रो सम्भवतः जनवरीको अन्त्यमा ग्यालेक्सी एस२६ पुस्तासँगै अनावरण गरिनेछ। यदि सबैभन्दा भर्खरको रिपोर्टहरू सत्य साबित भएको खण्डमा भने फेब्रुअरीको सुरुमा लन्च गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ मंसिर २०८२, बुधबार