बुटवलमा जिली इएक्स फाइभको नयाँ शो–रूम सञ्चालनमा

Technology Khabar २ मंसिर २०८२, मंगलवार

काठमाडौं ।

नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर बिस्तार गर्ने आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारीक डिलर नियुक्त गरेको छ।

बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका ईभीहरु स्थानीयस्तरमै उपलब्ध गराउने उदेश्य सहित आज आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्स्द्धारा नव निर्मित शो–रूमको औपचारिक उद्घाटन समेत गरिएको छ।

एलआरआर मोटर्सले यस वर्षभित्र देशभरी जम्मा १४ ओटा डिलर नियुक्त गर्ने हालैको घोषणा अन्तरगत आजको डिलर शोरुमको उद्घाटनलाई लिइएको छ।

उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्सले दुईओटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तारण गरेको छ। पहिलो दिनमै दुईओटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचीलाई दर्शाएको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहसँगै नयाँ डिलर–शो–रूमले पूर्णरूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउनेछ।

“बुटवल क्षेत्रका लागि एलआरआर मोटर्सको अधिकृत डिलरका रूपमा चयन भइ यहाँका इभी प्रेमीहरुको लागि जिली इएक्स फाइभलाई उहाँहरुको घरदैलोसम्म पुर्याउन पाउँदा हामी हर्षित छौं,” सोमार्जुन मोटर्सका सीईओ अर्जुन भूषाल भन्छन् “हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित इभि विकल्प प्रदान गर्ने उद्देश्यका साथ जिली इएक्स फाइभको वितरण सुरु गरेका हौं।”

एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले सोमार्जुनको स्थानीय विश्वसनीयता र ग्राहक–सेवाप्रतीको प्रतिबद्धताले पश्चिम क्षेत्रमा हाम्रो विस्तारलाई अझ प्रभावकारी बनाउनेछमा हामी ढुक्क भएको बताए।

प्रकाशित: २ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया