
काठमाडौं ।
नेपाल प्रिमियर लिग एनपीएलको जारी दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण आधिकारिक ओटीटी प्लेटफर्म डिश होम गोबाट हेर्दैगर्दा केहि प्राविधिक समस्या आईपरेमा अब हेल्प डेस्कमा फोन गरेर, लाइभ च्याट गरेर तथा ईमेल गरेर समाधान गराउन सकिने भएको छ।
कम्पनीका अनुसार ओटीटीमार्फत् प्रत्यक्ष प्रसारण नखुलेमा, कनेक्ट हुन नसकेमा वा अन्य कुनै पनि समस्या आइपरेमा अब सिधै ०१-४२१७६६६ वा ९८०११५५००० नम्बरमा हेल्प डेस्कमा फोन गरेर समाधान गराउन सकिन्छ।
यसैगरी यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने लाइभ च्याटमा कम्पनीका प्राविधिकसँग कुराकानी गरेर समस्या सुल्झाउन सक्नुहुन्छ।
यसबाहेक आधिकारिक रुपमा आफ्ना सबै समस्या खुलाएर [email protected] मा ईमेल गरेर पनि सपोर्टमा रहेका प्रावधिकहरुमार्फत् समस्या सुल्झाई आफूले तिरेको रकम अनुसार एनपीएलका खेलहरुको मज्जा लिन सकिने कम्पनीको भनाई छ।

डिश मिडिया नेटवर्कले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त ओटीटी प्रसारण अधिकारका आधारमा नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल डिशहोम गो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ हेर्न सकिने व्यवस्था मिलाएको छ।
हिजो मंसिर १ शुरु भएको प्रतियोगिता मंसिर १६ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ।
कम्पनीकाअनुसार एनपीएल सिजन २ को प्रत्यक्ष प्रसारण डिशहोम गो एप तथा वेबसाइटबाट मात्रै हुनेछ, युट्यूबमा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन (Clean Feed) प्रसारण हुनेछ, जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको बिना विज्ञापनको अनुभव दिलाउँछ।
यसरी हेर्दा कुनै प्राविधिक समस्या आइपरेको खण्डमा समाधानका लागि कम्पनीले हेल्प डेस्क, लाइभ च्याट तथा ईमेलको सुविधा ल्याएको हो।
डिशहोम गोमार्फत नेपाली प्रिमियर लिग २ का सबै खेल हेर्न देश-विदेशका दर्शकका लागि ईसेवा, खल्ती, भिसा र मास्टरकार्डबाट सहज भुक्तानी सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध छ। दर्शकले आफ्नो सुविधामा यी वालेट तथा भुक्तानी माध्यमबाट सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ।
दर्शकहरु देश/विदेश जहाँ भएपनि, आफ्नो मोबाइल, ल्यापटप वा टिभीबाट सुरक्षित र छिटोरुपमा भुक्तानी गरेर एनपीएल हेर्न सक्ने कम्पनीको भनाई छ।
प्रकाशित: २ मंसिर २०८२, मंगलवार