सीटिइभीटीले जारी गर्ने सबै शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश हुने

  • Technology Khabar | २ मंसिर २०८२, मंगलवार
सीटिइभीटीले जारी गर्ने सबै शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश हुने

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटिइभीटी) ले जारी गर्ने सबै शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश हुने भएको छ।

सीटिइभीटी अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश गर्ने भएको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट आईटीएमएस अनलाइनबाट जारी हुने डिप्लोमा/प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरी प्रमाण पत्र जारी गर्ने जानकारी दिएको छ।

यस्तो नयाँ प्रावधान यहि मंसिर १ गतेदेखि लागू भएको सीटीइभीटीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २ मंसिर २०८२, मंगलवार