फिलिप्स स्मार्टफोन र ट्याब्लेटहरू आउँदै; ट्याब्लेटको स्पेसिफिकेशनहरु लीक भए

Technology Khabar २ मंसिर २०८२, मंगलवार

काठमाडौं ।

भारतको स्मार्टफोन र ट्याब्लेट बजार नयाँ खेलाडीको रुपमा फिलिप्सलाई स्वागत गर्ने तयारीमा रहेको छ। स्थानीय कम्पनी जेनोटेलले फिलिप्स नामको अधिकार खरिद गरेको बताइएको छ। साथै केही हप्तादेखि लन्चको बारेमा टिजरहरु देखा परेको उल्लेख गरिएको छ र आज पहिलो फिलिप्स डिभाइसणहरू मध्ये एकको स्पेसिफिकेशन लीक भएको छ।

फिलिप्स प्याड एयर भनिने ट्याब्लेटमा युनिसोक टी६०६ चिपसेटको साथमा ४जीबी र्याम र १२८जीबी स्टोरेज हुनेछ। स्क्रिनमा “२के” रिजोल्युसन र ९०हर्ज रिफ्रेस रेट हुनेछ भने १८वाट वायर्ड चार्जिङ समर्थन गर्ने ७,००० एमएएच ब्याट्री समावेश गरिने बताइएको छ।

यो डिभाइस अर्को वर्षको पहिलो त्रैमासिकमा मार्चको अन्त्य अघि लन्च हुने बताइएको छ। त्यसैगरी स्मार्टवाच र ल्यापटपहरू पनि फिलिप्स ब्राण्ड प्रयोग गर्ने योजनामा रहेको यी सबै २०२६ मा आइपुग्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया