सामसङले नयाँ ग्यालेक्सी ए२७ फोनको तयारी गर्दै

Technology Khabar २ मंसिर २०८२, मंगलवार

काठमाडौं ।

सामसङले ग्यालेक्सी ए३७ र ग्यालेक्सी ए५७ मा काम गरिरहेको थाहा हुन आएको छ र यी डिभाइसहरु अर्को वर्ष आउने अपेक्षा गरिएको छ।

त्यसैगरी अब अर्को ग्यालेक्सी ए सिरिजको स्मार्टफोनको बारेमा चर्चा भइरहेको र यो स्मार्टफोन आधिकारिक रूपमा अर्को वर्ष रिलिज हुन सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

ग्यालेक्सीक्लबका मानिसहरूका अनुसार सामसङ ग्यालेक्सी ए२७ को काम जारी रहेको बताइएको छ। साथै ग्यालेक्सी ए सिरिजको अन्तर्गतको यो स्मार्टफोन ग्यालेक्सी ए३७ र ग्यालेक्सी ए५७ कै समयमा बिक्रीमा जान सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

सामसङ ग्यालेक्सी ए२६ यस वर्ष मार्चमा अनावरण गरिएको हुनाले ग्यालेक्सी ए२७ आधिकारिक रूपमा अर्को वर्ष उही समयमा रिलिज भएको देख्न सकिने अनुमान गरिएको छ।

ग्यालेक्सी ए२७ को मोडेलको नाम एसएम–ए२७६ भएको स्रोतले दावी गरेको छ भने यसले ग्यालेक्सी ए१७, ग्यालेक्सी ए३७ र ए५७ बीचको खाडल पुर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया