Technology Khabar १ मंसिर २०८२, सोमबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक गण्डकी कम्युनिकेशन प्रा.लि., भीमसेन चोक, पोखरा – ९, कास्कीको अनुमतिपत्र खारेज गरेको छ।
प्राधिकरणले आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाट गण्डकी कम्युनिकेशन प्रा. लि., भीमसेन चोक, पोखरा – ९, कास्कीलाई मिति २०६७।०७।२३ मा प्रदान गरिएको इन्टर्नेट (इमेल सहित ) सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १-६६) नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।
‘नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८२/०७/२३ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।
प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।
प्रकाशित: १ मंसिर २०८२, सोमबार