Technology Khabar १ मंसिर २०८२, सोमबार
काठमाडौं ।
क्यालिफोर्नियामा संघीय जुरीले शुक्रबार एप्पल (एपल) ले रक्त-अक्सिजन मापनसम्बन्धी प्रविधिमा पेटेन्ट उल्लङ्घन गरेको भन्दै मेडिकल–मोनिटरिङ टेक्नोलोजी कम्पनी मासिमो लाई ६३४ मिलियन डलर तिर्नुपर्ने निर्णय सुनाएको छ।
जुरीले एपल वाचको वर्कआउट मोड र हार्ट–रेट नोटिफिकेशन सुविधाले मासिमो का पेटेन्ट अधिकार उल्लङ्घन गरेको दावीलाई मान्यता दिएको मासिमो का प्रवक्ताले पुष्टि गरेका छन्।
प्रवक्ताले भने, “छ वर्षको अवधिमा मासिमोले विभिन्न अदालतमा एप्पलविरुद्ध २५ भन्दा बढी पेटेन्ट दावी दर्ता गरेको छ, जसमा धेरैजसो अमान्य घोषणा भएका छन्। यस मुद्दामा समावेश एकमात्र पेटेन्ट २०२२ मै म्याद सकिएको हो र दशकौं पुरानो प्राविधिक निगरानी प्रणालीसँग सम्बन्धित छ।”
मासिमोले वक्तव्य जारी गर्दै यो निर्णयलाई “हाम्रा नवप्रवर्तन र बौद्धिक सम्पत्तिको संरक्षणका लागि ठूलो विजय” बताएका छन्।
क्यालिफोर्नियाको यो मुद्दा एप्पल र क्यालिफोर्नियाको इर्विनस्थित मासिमो बीचको दीर्घकालीन र बहु–मोरचे पेटेन्ट विवादको एउटा भाग हो। मासिमोले एप्पललाई आफ्ना कर्मचारी भर्ति गरेर र पल्स अक्सिमेट्री प्रविधि चोरेर एपल वाचमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ।
यस विवादका कारण २०२३ मा अमेरिकी व्यापार आयोग (आईटीसी) ले एप्पलका सिरिज९ र अल्ट्रा२ स्मार्टवाचको आयात रोक्ने निर्णय गरेको थियो किनकि ती उपकरणमा प्रयोग भएको प्रविधिले मासिमोको पेटेन्ट उल्लङ्घन गरेको ठहरिएको थियो। एप्पलले प्रतिबन्ध टार्न घडीबाट रक्त-अक्सिजन मापन सुविधा हटाएको थियो र अमेरिकी कस्टम्सको स्वीकृतिसहित अगस्तमा अद्यावधिक संस्करण पुनः प्रस्तुत गरेको थियो।
आईटीसीले शुक्रबार एप्पलका अद्यावधिक घडीहरू पनि प्रतिबन्धको दायरामा पर्ने–नपर्ने बारे पुनः सुनुवाइ गर्ने भएको छ। मासिमोले कस्टम्सको निर्णयविरुद्ध छुट्टै मुद्दा दायर गरेको छ भने एप्पलले आयात रोक आदेशलाई संघीय अपिल अदालतमा चुनौती दिएको छ।
२०२३ मा मासिमोले एप्पलविरुद्ध दायर गरेको व्यापार–गोपनीयता सम्बन्धी मुद्दामा जजले जुरी एकमत नहुँदा मिस्ट्रायल घोषणा गरेका थिए। एप्पलले भने गत वर्ष डेलावेयरमा मासिमो का स्मार्टवाचले आफ्ना दुई डिजाइन पेटेन्ट उल्लङ्घन गरेको दावीमा २५० डलरको न्यूनतम क्षतिपूर्ति जितेको थियो।
प्रकाशित: १ मंसिर २०८२, सोमबार