Technology Khabar १ मंसिर २०८२, सोमबार
काठमाडौं ।
मार्सेली नजिकै पेनेस–मिराबेउमा रहेको टेस्ला स्टोरमा रातको समयमा ठूलो आगलागी भएको छ। उक्त आगलागीमा दर्जनौं विद्युतीय कारहरू जलेर नष्ट भएका छन्।
आगो नियन्त्रणमा ल्याउन र वरपरका भवनहरू र सवारी साधनहरूमा फैलिनबाट रोक्नको लागि लगभग ५० अग्नि नियन्त्रकहरूले रातभर काम गरेको बताइएको छ।
उक्त घटनामा मानिसलाई कुनै चोटपटक नलागेको रिपोर्ट गरिएको छ।
आगलागीको कारण भने अझै अज्ञात रहेको र प्रहरीले स्टोरको पछाडिको बार काटिएको बताएको छ। साथै यो घटना जानाजानी गराइएको शंका गरिएको छ।
फोरेन्सिक टोलीहरूले घटनास्थलको जाँच गरेको र अनुसन्धानकर्ताहरूले आपराधिक अनुसन्धान सुरु गरेको बताइएको छ।
टेस्लाले भने आफ्नै आन्तरिक समीक्षा गरिरहेको बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १ मंसिर २०८२, सोमबार