Technology Khabar १ मंसिर २०८२, सोमबार
काठमाडौं ।
भाइबर एपले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित वेब पेजको सामग्रीलाई सिधै कुराकानीको रुपमा सारांशमा तयार पर्ने सुविधा प्रस्तुत गर्दैछ।
यो सुविधाबाट प्रयोगकर्ताहरूले हालको कुराकानी नछोडिकनै लेख वा वेब पेजहरूबाट मुख्य विषयहरू तुरुन्तै पहिचान गर्न सक्ने क्षमता प्राप्त गर्नेछन्।
“एआई लिङ्क समरिज” विकल्पको साथ, प्रयोगकर्ताहरूले भाइबरमा साझा गरिएको सामग्रीहरु जस्तै लामो टेक्स्ट, ब्लग, पोस्ट वा रिपोर्टको संक्षिप्त सारांशहरू पाउनेछन्।
सुविधामा स्वचालित अनुवाद पनि समावेश रहेको छ र यदि भाइबर एपको भाषा अल्बेनियनमा सेट गरिएको र लिङ्क अंग्रेजीमा छ भने सारांश अल्बेनियनमा प्रदर्शित हुनेछ।
राकुटेन भाइबरले यो सुविधा चाहे समूह, समुदाय, च्यानल वा वान–अन–वान च्याटगरी च्याटहरूमा रहेका सबै प्रयोगकर्ताहरूको लागि निःशुल्क उपलब्ध भएको बताइएको छ।
एआई–समरी (सारांश) प्रविधिले इन्टरनेटबाट लिङ्कहरूसँग मात्र काम गर्ने र प्रयोगकर्ताहरूको निजी सन्देशहरू कहिल्यै प्रोसेस नगर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १ मंसिर २०८२, सोमबार