आईओएसमा एआई अडियोबुक रिक्याप्स सुविधा परीक्षण गर्दै स्पोटिफाई

  • Technology Khabar | १ मंसिर २०८२, सोमबार
आईओएसमा एआई अडियोबुक रिक्याप्स सुविधा परीक्षण गर्दै स्पोटिफाई

काठमाडौं ।

स्पोटिफाईले आईओएस प्रयोगकर्ताहरूको लागि एआई अडियोबुक रिक्याप्सको बिटा परीक्षण गरिरहेको घोषणा गरेको छ। प्रयोगकर्ताहरूले आफ्नो लिसनिङ सेसन (सुन्ने सत्रहरू) छिटो पुनः सुरु गर्न सकून् भनेर यो सुविधाले प्रयोगकर्ताहरूले छोडेको विगतको बिन्दुसम्म अडियोबुकहरूलाई संक्षेपमा राख्ने बताइएको छ।

रिक्याप्स हाल अंग्रेजी–भाषा अडियोबुकहरूको सानो चयनमा सीमित गरिएको र स्पोटिफाईले यसलाई चाँडै थप शीर्षकहरूमा विस्तार गर्ने योजना बनाएको पुष्टि गरेको छ। रिक्याप बटन अध्याय खण्डको ठीक माथि राखिनेछ र कम्तिमा १५ मिनेटको लागि शीर्षक सुनेपछि मात्र देखिनेछ।

“रिक्याप्सले प्रयोगकर्ताले पहिले नै सुनेको पुस्तकको भाग मात्र समेट्छ। टीभीको लागि “प्रिभियस्ली अन” सुविधा जस्तै, रिक्याप्सले प्रयोगकर्तालाई पुनः सुन्नु नपर्ने गरी कथासँग सजिलैसँग पुनः संलग्न हुन मद्दत गर्नेछ। रिक्याप्स अडियोबुक सुन्नलाई अझ सहज र श्रोता–अनुकूल बनाउन हाम्रो निरन्तर प्रयासको हिस्सा हो” भनि कम्पनीले बताएको छ।

साथै, स्पोटिफाईले प्रिमियम प्रयोगकर्ताहरूको लागि अद्यावधिक गरिएको शफल कन्ट्रोलहरू पनि घोषणा गरेको छ। “फ्यूअर रिपिट्स” सुविधाले हालसालै बजाइएका गीतहरू दोहोरिने सम्भावना कम गर्ने कुरा सुनिश्चित गर्ने बताइएको छ। यो सुविधा प्लेब्याक मेनु अन्तर्गत स्पोटिफाई एपको सेटिङ्स ट्याबमा पहुँचयोग्य भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...