सामसङ ग्यालेक्सी जेड ट्राइफोल्डको नाम र २०० मेगापिक्सेल क्यामरा हुने ईभीलीक्सको पुष्टि

Technology Khabar ३० कार्तिक २०८२, आईतवार

काठमाडौं ।

सामसङको ग्यालेक्सी जेड ट्राइफोल्ड भनिने पहिलो ट्राई–फोल्ड स्मार्टफोन अर्को महिना डेब्यू गर्ने हल्ला छ। हालैको रिपोर्टले डिभाइसको आयाम र डिस्प्ले साइजको विस्तृत विवरण बारे जानकारी प्रदान गरेसँगै अब थप अन्य धेरै प्रमुख स्पेसिफिकेसनहरू सहितको नयाँ लीक देखा परेको छ।

भरपर्दो टिपस्टर इभान ब्लासका अनुसार, ग्यालेक्सी जेड ट्राइफोल्ड मा ६.५ इन्चको कभर डिस्प्ले र १० इन्चको भित्री स्क्रिन हुनेछ। बाहिरी प्यानलले २,६०० निट्सको पिक ब्राइटनेस पुग्ने भनिएको छ भने भित्री डिस्प्ले १,६०० निट्समा रेटिङ्ग गरिएको छ।

टिपस्टरले फोल्डेबलमा २०० मेगापिक्सेल प्राथमिक रियर क्यामरा र ५,४३७ एमएएच रेट गरिएको ब्याट्रीसमावेश गरिने थप जानकारीको खुलासा गरेका छन्। साथै यो डिभाइस स्न्यापड्रागन चिपसेटमा चल्ने अपेक्षा पनि गरिएको छ।

अनफोल्ड गरिएका तीनओटा प्यानलहरूको मोटाई ३.९एमएम, ४.०एमएम र ४.२एमएम गरी थोरै फरक हुने ब्लासले थप उल्लेख गरेका छन्। हालैको एउटा अफवाहले ग्यालेक्सी जेड ट्राइफोल्ड पूर्ण रूपमा फोल्ड गर्दा १४ एमएम बाक्लो हुने दावी गरेको छ।

सामसङले कोरियामा भएको एक कार्यक्रममा आगामी जेड ट्राइफोल्ड प्रदर्शन गरेको थियो र यस भिडियोमा यस डिभाइसलाई स्पष्ट रूपमा हेर्न सक्नुहुनेछ।

ग्यालेक्सी जेड ट्राइफोल्ड डिसेम्बर ५ मा कोरियामा लन्च हुने भनिएको भए तापनि अहिलेसम्म आधिकारिक रुपमा पुष्टि नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया