Technology Khabar ३० कार्तिक २०८२, आईतवार
काठमाडौं ।
युरोपेली संघले नयाँ सवारी साधनहरूमा दिनको समयमा पनि डेटाइम रनिङ्ग लाइट्स (दिनको समयमा बल्ने बत्तीहरू) र पोजिसन लाइट्स (स्थिति बत्तीहरू) हुनुपर्ने नियम जारी गरिएको छ।
यो परिवर्तन सेप्टेम्बर २२, २०२४ देखि उत्पादनमा रहेका सबै नयाँ कार मोडेलहरूमा लागू हुने बताइएको छ।
रोचक कुरा के छ भने यो परिवर्तन गोप्य रुपमा भएको र युरोपेली संघले यसको बारेमा कुनै विशेष घोषणा नगरेको बताइएको छ। यो परिवर्तनको साथ अब नयाँ कारहरूमा दिनको समयमा पनि तिनीहरूको टेललाइटहरू अन हुनुपर्नेछ।
नयाँ नियमहरूले दिनको प्रकाश १,००० र ७,००० लक्सको बीचमा हुँदा टेललाइटहरू अन हुनुपर्ने नियम तोकेको छ।
व्यवहारमा, ७००० लक्स घमाइलो वा बादल लागेको दिनसँग मेल खाने भएकोले यसको अर्थ अब टेललाइटहरू लगभग सधैं अन हुनेछन्।
यदि प्रकाश १००० लक्स भन्दा कम भएको खण्डमा भने, गाडीमा पहिले नै डिप्ड हेडलाइटहरू अन हुनुपर्छ भनि थप उल्लेख गरिएको छ।
सेप्टेम्बर २२, २०२४ भन्दा पहिले स्वीकृत (अर्थात्, मापदण्ड स्वीकृति प्राप्त) गरिएका सवारी साधनहरू भने पछाडिको बत्ती निभाएर पनि चल्न सक्नेछन्।
तर २०२७ पछि, उज्यालो टेललाइट बिनाका कारहरूको बिक्रीलाई भने अनुमति नदिइने भन्ने प्रस्तावहरू पनि रहेको उल्लेख गरिएको छ।
कारहरूको पछाडि सामान्यतया प्रस्ट नहुने भएकाले केही ट्राफिक परिस्थितिहरूमा विशेष गरी खतरनाक हुन सक्ने भएकाले डेटाइम रनिङ्ग लाइट्स (दिनको उज्यालोमा बल्ने बत्तीहरू) बाल्दा निकै अर्थपूर्ण हुने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ३० कार्तिक २०८२, आईतवार