सोनीद्वारा २७ इन्चको प्लेस्टेशन गेमिङ मनिटर घोषणा

Technology Khabar ३० कार्तिक २०८२, आईतवार

काठमाडौं ।

सोनीले २७ इन्चको प्लेस्टेशन गेमिङ मनिटरको अनावरण गरेको छ। यो प्लेस्टेशन गेमिङ मनिटर डुअलसेन्स कन्ट्रोलरको लागि एकीकृत चार्जिङ हुकको साथ आउने बताइएको छ। यो “पीएस५ को साथ डेस्कटप गेमिङको लागि निर्माण” गरिएको कम्पनीले बताएको छ र यसमा “बोल्ड भिजुअल र पर्फर्मेन्स” समावेश रहेको छ।

सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्टद्वारा डिजाइन गरिएको मोनिटर आईपीएस प्यानलको २५६०×१४४० रिजोल्युसनसहित आउँछ र यसमा उपलब्ध अटो एचडीआर टोन म्यापिङको साथ एचडीआर समर्थनले “पीएस५ र पीएस५ प्रो कन्सोलहरूमा सेटअपको क्रममा एचडीआर सेटिङहरू स्वचालित रूपमा समायोजन गर्दछ।”

मोनिटरमा पीएस५ र पीएस५ प्रोको लागि १२०हर्ज सम्मको भेराइबल रिफ्रेस रेट र “कम्प्याटिबल पीसी र म्याक डिभाइसहरू” मा २४०हर्ज रहेको छ। मोनिटरमा भीईएसए माउन्टिङको साथमा दुईओटा एचडीएमआई २.१ पोर्टहरू, एउटा डिस्प्लेपोर्ट १.४, दुईओटा यूएसबी–ए पोर्टहरू र एउटा यूएसबी–सी पोर्ट रहेको छ र यसलाई प्लेस्टेशन लिङ्क एडेप्टर वा अन्य डिभाइसहरूसँग प्रयोग गर्न सकिनेछ”। साथै मोनिटरमा बिल्ट–इन स्टेरियो स्पिकरहरू र ३.५ मिमी हेडफोन ज्याक पनि उपलब्ध रहेको बताइएको छ।

प्लेस्टेशन गेमिङ मनिटर २०२६ मा अमेरिका र जापानमा उपलब्ध हुनेछ भने सोनीले हाल यसको मूल्यको बारेमा घोषणा नगरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया