शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए

  • Technology Khabar | २९ कार्तिक २०८२, शनिबार
शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए

काठमाडौं ।

‘शेन्ज्होउ–२०’ मिशनको सफलतापूर्वक समापन पछि, तीन जना अन्तरिक्ष यात्री शुक्रबार विमानमार्फत बेइजिङ फर्किएका छन्।

‘शेन्ज्होउ–२०’ चिनियाँ अन्तरिक्ष मिशन हो, जुन तीन अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनमा पठाउन सन् २०२५ को अप्रिल महिनामा प्रक्षिप्त गरिएको थियो। मिशनको मुख्य उद्देश्य अन्तरिक्षमा जीवन यापन गर्ने प्रविधि र भविष्यका मिशनहरूको तयारी गर्नु थियो।

अन्तरिक्ष यात्रीहरू चेन डङ, चेन झोंग्रुई र वाङ जे शेन्ज्होउ–२१ यानमा सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका थिए । यान शनिबार बेलुकी ४ः४० बजे उत्तर चीनको इनर मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङ अवतरण स्थलमा अवतरण गर्यो। यानबाट चालक दलका सदस्यहरू ५ः२१ बजे बाहिर निस्केका थिए।

चालक दलले २०४ दिन कक्षमा बिताएपछि सबैको स्वास्थ्य राम्रो रहेको र रिटर्न मिशन सफल भएको चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जनाएको छ।

अब यी अन्तरिक्ष यात्रीहरू चिकित्सकीय क्वारेन्टिनमा प्रवेश गर्नेछन्, जहाँ उनीहरूको स्वास्थ्य परीक्षण र मूल्याङ्कन गरिनेछ। क्वारेन्टिन अवधि पछि उनीहरूले बेइजिङमा मिडियासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २९ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...