अनर ५०० प्रो ८ हजार एमएएच ब्याट्रीको साथ आउने

Technology Khabar २९ कार्तिक २०८२, शनिबार

काठमाडौं ।

आगामी अनर ५०० प्रो लन्च हुनुभन्दा अघि नै यसको बारेमा नयाँ विवरणहरू लीक भएका छन्। अनर ५०० सिरिज चाँडै चीनमा डेब्यू हुने अपेक्षा गरिएको छ र दुबै मोडेलहरू पहिले नै प्रि–अर्डरको लागि खुला भइसकेका छन्।

टिपस्टर डिजिटल च्याट स्टेशनले अनर ५०० प्रो को स्पेसिफिकेशनहरूको खुलासा गरेको छ। डिभाइसमा १२० हर्जको रिफ्रेस रेट र २७३६ × १२६४ पिक्सेल रिजोल्युसनको साथ ६.५५ इन्चको एएमओएलईडी डिस्प्ले हुनेछ।

डिजिटल च्याट स्टेशनका अनुसार, फोन स्न्यापड्रागन ८ एलिट एसओसी द्वारा संचालित हुनेछ भने १६जीबी सम्मको र्याम र १टीबीको आन्तरिक स्टोरेज समावेश गरिन बताइएको छ। साथै फोनले कस्टम–बिल्ट सी१ मोडेम र ई२ ऊर्जा व्यवस्थापन चिप पनि प्रदान गर्नेछ।

डिभाइसमा ८,०००एमएएच सिलिकन ब्याट्री र २००मेगापिक्सेलको मुख्य रियर क्यामरा समावेश गरिनेछ। यस फोनमा थ्रडिी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर पनि हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया