अनलाइनमार्फत ठगी गर्ने तीन जना पक्राउ

  • Technology Khabar | २८ कार्तिक २०८२, शुक्रबार
अनलाइनमार्फत ठगी गर्ने तीन जना पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं ।

मकवानपुर प्रहरीले अनलाइनबाट सामानको अर्डर गरी ठगीमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ। आफूलाई सूर्य नेपालको कर्मचारी भन्दै कम्पनीका लागि सामान खरिद गर्ने बहानामा व्यापारीलाई विभिन्न मितिमा ठगी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२४ बस्ने वर्ष २८ का राजु सरफि, वडा नं. १९ बस्ने वर्ष ४० का राम राउत कुर्मी र वडा नं. ३२ टेटा घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नं. १० टिसन रोडमा बस्ने वर्ष ४० का नीतेशकुमार केशरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

व्यवसायीलाई अनलाइनबाट सामानको अर्डर गरी रकम जम्मा गरेको नक्कली बैक भौचर ह्वाटस एपमार्फत पठाई १७ लाख ५७ हजार रुपैयाँ बराबरको सामान वीरगन्जतर्फ पठाई ठगी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ।

तिनै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २८ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार