Technology Khabar २८ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
यातायात व्यवस्था विभागको सिस्टममा फेरि समस्या देखा परेको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोड भएपछि पूर्णरुपमा क्षति पुगेको भवन र डाटा सेन्टर गत कात्तिक १६ गतेबाट आंशिक रुपमा खुलाइएको थियो। आंशिक रुपमा खुलेपछि सुरु भएको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम अब फेरि बन्द भएको छ।
विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित सबैलाई यसबारे जानकारी दिएको हो।

‘यस विभागमा रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखा पर्न गएका कारण २०८२ कार्तिक १६ गतेबाट आंशिक रुपमा संचालनमा रहको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) तथा applydlnew.dotm.gov.np प्रणाली मिति २०८२/०७/२८ देखि अर्को सूचना प्रकाशित नहुँदा सम्म बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, सूचनामा उल्लेख छ।
प्रकाशित: २८ कार्तिक २०८२, शुक्रबार