Technology Khabar २७ कार्तिक २०८२, बिहीबार
काठमाडौं ।
आईओएसको लागि सामसङको स्मार्टथिङ्स एपको पछिल्लो अपडेटले सिरी भ्वाइस कमाण्डहरू प्रयोग गरेर रुटिन्स (दिनचर्याहरू) सक्रिय गर्ने क्षमताको रुपमा यसमा एउटा राम्रो थप ल्याएको छ। यसमा स्मार्टथिङ्स एपमा तपाईंले सिर्जना गर्नुभएको रुटिन्स (दिनचर्याहरू) समावेश गरिएका छन्।
यो सिरी सर्टकटहरूसँग अनुकूलता मार्फत काम गर्दछ भने यो बिल्टि–इन आईओएस सुविधा भएको र यसले मल्टिपल–स्टेप रुटिन्स (बहु–चरण दिनचर्याहरू) स्वचालित गर्न दिने जनाइएको छ।
स्मार्टथिङ्स बाट सिरी सर्टकटहरूमा धेरै कार्यहरू ड्र्याग र ड्रप गर्न सकिने र सिरी सर्टकटहरू मार्फत नभइ स्मार्टथिङ्स एपमा सिर्जना गरिएको दिनचर्याहरू पनि पहुँच गर्न सकिने बताइएको छ।
सामसङले यसले “घरका सबैलाई जडान रहन सजिलो बनाउन ग्यालेक्सी र एप्पल डिभाइसहरू बीचको खाडललाई कम गर्न” मद्दत गर्न सक्छ भनि उल्लेख गरेको छ।
यो अपडेटले एप्पल वाचमा आफ्नो स्मार्टथिङ्स डिभाइसहरू र डिभाइस ग्रुप (समूह) हरू हेर्न पनि दिनेछ। साथै आफ्नो नाडीबाट अब तिनीहरूलाई नियन्त्रण गर्न र अटोमेसनहरू रन गर्न पनि सकिनेछ। तपाईंका हालसालै प्रयोग गरिएका पाँचवटा डिभाइसहरू आईओएस लाइभ गतिविधिहरू भित्र पनि देखाइने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ कार्तिक २०८२, बिहीबार