आईफोन १८ प्रोको पछाडिको डिजाइन अब फरक हुने

  • Technology Khabar | २६ कार्तिक २०८२, बुधबार
आईफोन १८ प्रोको पछाडिको डिजाइन अब फरक हुने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स सेप्टेम्बर २०२६ मा आईफोन फोल्डसँगै आउने अपेक्षा गरिएको छ। हालै अब प्रो जोडीले आफ्नो क्यामरा आइल्याण्ड मुनि ट्रान्सप्यारेण्ट (पारदर्शी) डिजाइन पाउने हल्ला चलाइएको छ। साथै उक्त ट्रान्सप्यारेण्ट (पारदर्शी) डिजाइन यस वर्ष आईफोन १७ प्रो र प्रो म्याक्ससँग प्रस्तुत गरिएको डिजाइनसँग धेरै मिल्दोजुल्दो रहने उल्लेख गरिएको छ।

यसै क्रममा अब, चीनबाट बाहिर निस्केको एउटा नयाँ हल्लाले भने एप्पलले आईफोन १८ प्रो र प्रो म्याक्सको पछाडिको तल्लो भागमा रहेको ग्लास कटआउटको रङ्गसँग एल्युमिनियमको रङ्गलाई पूर्ण रूपमा मिलाउने काम गरिरहेको भन्दै अघिल्लो हल्लाको खण्डन गरेको छ।

वर्तमान पुस्तामा, शेडहरू बीच सूक्ष्म भिन्नताहरू रहेकाले यी आईफोनहरूमा दुई–टोन लुकको इफेक्ट (प्रभाव) मा देख्न सकिने छ। यदि यो अफवाह वासविकतामा परिणत भएको भने आईफोनहरूमा रहेका उक्त प्रभावहरु अर्को वर्ष हराउने बताइएको छ। साथै अफवाहमा रहेका पारदर्शिताको बारेमा निश्चित रुपमा थाहा नभएको र सायद त्यो केवल एक कलरवे मात्र हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार