
काठमाडौं ।
ललितपुर महानगरपालिकाले आगलागी आपत्कालीन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ। जुद्ध वारुणयन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने ‘अलर्ट सिस्टम जडान गर्दै आगलागीको आपत्कालीन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो।
उक्त सिस्टमले आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुऱ्याउनुका साथै धुवाँ वा ताप पत्ता लाग्नेबित्तिकै स्विच सक्रिय भई साइरन बज्ने र मोबाइलमा सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ।
सो सिस्टमको डेमो मङ्गलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्दै डेमोस्वरूप जडान गरिएको प्रणालीले राम्रो काम गरे प्रत्येक चोकमा आपत्कालीन सूचना प्रणाली जडान गर्न सकिने बताए।
प्रकाशित: २६ कार्तिक २०८२, बुधबार