थाइल्यान्डद्वारा ३.१ अर्ब डलर बराबरका चार डाटा सेन्टर परियोजना स्वीकृत

Technology Khabar २६ कार्तिक २०८२, बुधबार

थाइल्यान्डद्वारा ३.१ अर्ब डलर बराबरका चार डाटा सेन्टर परियोजना स्वीकृत
सांकेतिक तस्बिर

काठमाडौं ।

थाइल्यान्डले सोमबार ३.१ अर्ब डलर बराबरका चार डाटा सेन्टर परियोजना स्वीकृत गरेको छ, साथै पहिले नै स्वीकृति पाएका तर रोकिएका परियोजनालाई अघि बढाउन नयाँ उपाय पनि अपनाएको थाइल्यान्डको लगानी बोर्डले जनाएको छ।

यी लगानीमा दुबईको ड्याम्याक डिजिटलद्वारा निर्माण हुने ८४ मेगावाट क्षमताको डेटा सेन्टर र एक स्थानीय लगानीकर्ताद्वारा २०० मेगावाट आईटी लोड क्षमताको अर्को परियोजना समावेश छन्।

बोर्डले यससँगै गत महिना सुरु गरेको पहलअन्तर्गत रोकिएका ९.२ अर्ब डलर बराबरका लगानी परियोजना तीव्र गतिमा अघि बढाउन उपायहरू पनि स्वीकृत गरेको छ।

यस क्रममा ऊर्जाको उपलब्धता, औद्योगिक जग्गामा पहुँच, भिसा र काम अनुमति प्राप्तिमा ढिलाइ कम गर्न छ वटा इजाजतपत्र जारी गरिएको टेलिग्राफले उल्लेख गरेको छ।

“यसले थाइल्यान्डको लगानी वातावरणमा लगानीकर्ताको विश्वास थप मजबुत बनाउनेछ र रोजगारी वृद्धि तथा समग्र आर्थिक विकासमा योगदान पुर्‍याउनेछ,” लगानी बोर्डका प्रमुख नरित थेर्डस्टिरासुक्दीले बताएका छन्।

प्रकाशित: २६ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया