रियलमी जीटी ८ प्रो एस्टन मार्टिन लिमिटेड एडिसन अनावरण

Technology Khabar २६ कार्तिक २०८२, बुधबार

काठमाडौं ।

फर्मुला १ का प्रशंसकहरूले अब चीनमा रियलमी जीटी ८ प्रो एस्टन मार्टिन लिमिटेड एडिसन भेरियन्ट प्राप्त गर्न सक्ने भएका छन्। फोनमा एस्टन मार्टिन अर्यामको एफ१ टिम ब्याज र इलिमेण्टहरू सहितको रियर प्यानल रहेको छ।

जीटी ८ प्रो एस्टन मार्टिन एडिसन बक्समा दुईओटा क्यामरा डेको डिजाइनको साथ उपलब्ध हुनेछ र दुबैमा कार्बन–फाइबर फिनिश रहेको छ। फोनमा नियोन यल्लो एक्सेन्टहरू पनि रहेको छन् र नियोन यल्लो पावर बटन पनि समावेश गरिएको छ।

त्यसैगरी फोनको कलेक्टरको एडिसन बक्समा धेरै एफ१–प्रेरित वस्तुहरू समावेश गरिएका छन्। क्यामरा डेको बाहेक, ग्राहकहरूले दुईओटा फोन केसहरू, कस्टम–डिजाइन्ड सिम–इजेक्टर टुल र एक चार्जर पनि पाउनेछन्।

फोनले रिडिजाइन्ड आइकन्स, वालपेपर्स र लकस्क्रिनको साथ कस्टम एस्टन मार्टिन अर्यामको एफ१ टिम–इन्स्पायर्ड युजर इन्टरफेस प्रदान गर्नेछ।
स्पेक्सको सन्दर्भमा, जीटी ८ प्रो एस्टन मार्टिन लिमिटेड एडिसन र मानक जीटी ८ प्रो बीच कुनै भिन्नता छैन।

स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसीद्वारा संचालित यो फोनमा ६.७९–इन्च एएमओएलईडी डिस्प्ले, ७,०००एमएएच ब्याट्री र २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो युनिटको साथ रिको जीआर ट्रिपल रियर क्यामरा सेटअप समावेश गरिएको छ।

रियलमी जीटी ८ प्रो एस्टन मार्टिन लिमिटेड एडिसन चीनमा १६जीबी/१टीबी भेरियन्टमा उपलब्ध छ। फोनको मूल्य ५,४९९ चिनियाँ युआन (७७० अमेरिकी डलर) कायम गरिएको छ र यो बिक्रीको लागि उपलब्ध भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया