Technology Khabar २४ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
ओप्पोको रेनो१५ सिरिज अर्को हप्ता चीनमा अनावरण गरिने भएको छ। ब्रान्डले फोनहरूको डिजाइन र तिनीहरूको र्याम/स्टोरेज कन्फिगरेसनहरूको बारेमा पनि खुलासा गरेको छ।
ओप्पो रेनो१५ र रेनो१५ प्रो नोभेम्बर १७ मा डेब्यू हुने तयारीमा रहेका छन्। दुबै फोनहरू आधिकारिक ओप्पो चाइना अनलाइन स्टोर मार्फत प्रि–अर्डरको लागि पनि उपलब्ध छन्।
दुबै फोनहरूमा १.१५ एमएम मापन गर्ने समान र स्लिम बेजेलहरू सहित फ्ल्याट डिस्प्लेहरू हुनेछन्। ओप्पोले स्टारलाइट बो कलरको रेनो१५ सिरिजमा एक अद्वितीय रियर प्यानल रहेको कुराको पनि उल्लेख गरेको छ।
प्रि–अर्डर लिस्टिङ्ग अनुसार, बेस भेरियण्ट रेनो१५ अरोरा ब्लू, क्यानेल ब्राउन र स्टारलाइट बो रङ विकल्पहरूमा अनावरण गरिनेछ। फोन १२जीबी/२५६जीबी, १२जीबी/५१२जीबी, १६जीबी/२५६जीबी, १६जीबी/५१२जीबी र १६जीबी÷१टीबी कन्फिगरेसनमा सूचीबद्ध गरिएको छ।
यसैबीच, रेनो१५ प्रो क्यानेल ब्राउन, हनी गोल्ड र स्टारलाइट बो रंगहरूमा बिक्री गरिनेछ। यो १२जीबी/२५६जीबी, १२जीबी/५१२जीबी, १६जीबी/५१२जीबी र १६जीबी/१टीबी विकल्पहरूमा उपलब्ध हुनेछ।
आगामी रेनो१५ सिरिजले २०० मेगापिक्सेल प्राथमिक सेन्सरको साथ ट्रिपल रियर क्यामरा सेटअप प्रदान गर्ने हल्ला रहेको छ। फोनहरू मेटल फ्रेमको साथ आउने सम्भावना रहेको छ र आईपी६८/आईपी ६९ रेटिङ्ग प्रदान गर्नेछ। फोनहरूले एन्ड्रोइड १६–आधारित कलरओएस १६ ङ्गन गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २४ कार्तिक २०८२, सोमबार