कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

  • Technology Khabar | २४ कार्तिक २०८२, सोमबार
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ। हिजो आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित भएको हो।

परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३.४१ प्रतिशत ग्रेड प्राप्त गरेका बोर्डले जनाएको छ।

यो परीक्षामा ४ जनाको परीक्षाफल रद्द भएको छ।  गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो।

कसरी हेर्ने?

परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको वेबसाइट, एसएमएस सेवा र आईभीआर सेवाबाट प्राप्त गर्न सकिनेछ :

वेबसाइट

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: www.neb.gov.np

नेपाल टेलिकमको वेबसाइट: www.neb.ntc.net.np

एसएमएस सेवा 

नेपाल टेलिकमको १६०० मा एसएमएस गर्ने

तरिका

NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्ने।

प्रकाशित: २४ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...