आईफोन १८ प्रोमा नयाँ रियर डिजाइनको साथ सानो स्क्रिन होल पञ्च हुने

  • Technology Khabar | २४ कार्तिक २०८२, सोमबार
आईफोन १८ प्रोमा नयाँ रियर डिजाइनको साथ सानो स्क्रिन होल पञ्च हुने

काठमाडौं ।

एप्पलको आगामी आईफोन १८ प्रो र प्रो म्याक्स अब फेरि एक पटक अगाडिको क्यामराको लागि सानो होल–पञ्च र अन्डर–डिस्प्ले फेस आईडी सेन्सर एरेको साथ आउने हल्ला चलिरहेको छ।

त्यसैगरी, स्क्रिनको आकार परिवर्तन हुने बताइएको छ र यसको अर्थ सम्भवतः एप्पलले यसको कुनाहरूको कर्भेचरलाई कुनै न कुनै रूपमा परिवर्तन गर्नेछ। आईफोन १८ प्रो र प्रो म्याक्सको मुख्य क्यामरामा भेरायबल एपर्चर हुनेछ र क्यामरा आइल्याण्डको डिजाइन भने परिवर्तन नगरिने बताइएको छ।

यदि यो रिपोर्ट यर्थाथमा परिणत भएको खण्डमा भने, सबैभन्दा ठूलो समाचार भनेको आईफोन १८ प्रो र प्रो म्याक्सको पछाडिको तल्लो भागमा पारदर्शी डिजाइन हुनेछ। स्पष्ट रूपमा यो नथिङबाट प्रेरित भएको भनेर अनुमान गर्न सकिने भए तापनि एप्पलले यो कुरालाई केहि कहिल्यै स्वीकार गर्ने छैन। साथै रिपोर्टले आईफोन १८ प्रो म्याक्सको ब्याट्रीलाई ढाक्ने स्टीलको खोल हुने बताएको छ।

अहिलेको लागि यो केवल एक अफवाह मात्र भएको र कुनै पनि हिसाबले पुष्टि भएको जानकारीको रूपमा हेर्नको लागि आग्रह गरिएको छ। आईफोन १८ सिरिज अनावरण हुन अझै १० महिना बाँकी रहेको छ र त्यतिन्जेलसम्मा सबै डिभाइसहरूको बारेमा धेरै कुरा सुन्नेछौ भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार