काठमाडौं ।
२०२५ को तेस्रो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा सानो उछाल आएको छ। इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) को नयाँ तथ्याङ्क अनुसार, चीनमा कुल फोन ढुवानी ६८.४६ मिलियन युनिट पुगेको बताइएको छ र यो गत वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले कम भएको रिपोर्ट गरिएको छ।
आईडीसीले तेस्रो त्रैमासिक सामान्यतया स्मार्टफोन बिक्रीको लागि सुस्त सिजन भएको बताएको छ र यो वर्ष पनि त्यस्तै आवस्था देखिएको छ। कम नयाँ उत्पादन लन्च र राष्ट्रिय अनुदानमा कमी आएपछि, धेरै खरीदकर्ताहरूले अपग्रेडमा रोक लगाएका छन्।
धेरै ब्रान्डहरूले सामान्य भन्दा पहिले आफ्नो नयाँ फ्ल्यागशिपहरू लन्च गरेको हुनाले अर्को त्रैमासिकमा स्थितिमा सुधार हुन सक्ने बताइएको छ। उदाहरणका लागि, शाओमीले एक महिना अघि सेप्टेम्बरको सुरुमा शाओमी १७ सिरिजको घोषणा गरेको थियो।
त्यसैगरी डबल इलेवन (नोभेम्बर ११) बिक्री कार्यक्रममा खरिदमा वृद्धि देख्न सकिने सम्भावनको उल्लेख गरिएको छ। यद्यपि, आईडीसीका वरिष्ठ अनुसन्धान विश्लेषक आर्थर गुओले यो कार्यक्रम “आर्थिक अनिश्चितताको बीचमा उल्लेखनीय अतिरिक्त उपभोक्ता माग जगाउने सम्भावना नभएको” बताएका छन्।
व्यक्तिगत ब्रान्डहरूमध्ये, भिभोले ११.८ मिलियन युनिट ढुवानीका साथ शीर्ष स्थानमा रहेको छ भने ७.८ प्रतिशतले वर्षिक रुपमा गिरावट आए तापनि १७.२ प्रतिशत बजार हिस्सा लिएको छ।
एप्पलले १०.८ मिलियन युनिट र १५.८ प्रतिशत हिस्साका साथ भिभोलाई नजिकबाट पछ्याएको र यो गत वर्षको तुलनामा थोरै ०.६ प्रतिशतले वृद्धि भएको बताइएको छ। ह्वावे १०.४ मिलियन युनिट र १५.२ प्रतिशत हिस्साका साथ तेस्रो स्थानमा आएको छ भने वार्षिक रुपमा १ प्रतिशतले घटेको उल्लेख गरिएको छ।
शाओमीले १ करोड युनिट ढुवानी गरेको र कम्पनीले सम्पूर्ण बजारको १४.७ प्रतिशत ओगटेको छ। साथै कम्पनीको यो गत वर्षको तुलनामा १.७ प्रतिशतले गिरावट आएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ कार्तिक २०८२, शनिबार