एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प आयोजना गर्दै पारामाउन्ट मोटर्स

  • Technology Khabar | २१ कार्तिक २०८२, शुक्रबार
एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प आयोजना गर्दै पारामाउन्ट मोटर्स

काठमाडौं ।

नेपालमा एमजी, आइएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो पोर्टफोलियोमा रहेका सबै ब्रान्डहरू समेटेर नेपालकै सबैभन्दा ठूलो “एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प” आयोजना गर्न लागेको छ।  कार्यक्रम २०८२ कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म एलिस रिसेप्सन, नक्साल, गैरिधारा र उपत्यकाबाहिरका सबै डिलरशिपहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ।

तीनदिने क्याम्पमार्फत ग्राहकहरूले आफ्ना सवारीसाधनहरू रु.१५ लाखसम्मको विशेष लाभसहित अपग्रेड गर्न सक्नेछन् भने सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कनसहितको एक्सचेन्ज अफरहरू समेत उपलब्ध हुनेछ।

क्याम्पमा माज्दा, वुलिङ, आईएम, एमजी र म्याक्सस जस्ता ख्यातिप्राप्त ब्रान्डका सवारीसाधनहरू प्रदर्शित गरिनेछ जसले ग्राहकहरूलाई विभिन्न सवारी विकल्पहरू प्रदान गर्नेछ। क्याम्पमा पारिवारिक वातावरण सहितको किड्स जोन, नेल आर्ट, मेहेन्दी सेसन, फेस पेन्टिङ, फुड एन्ड गेम्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूको व्यवस्था हुनेछ।

आगन्तुकहरूले यस अवसरमा आइएमको इन्टेलिजेन्ट इलेक्ट्रिक एसयूभी आईएमजीको प्रत्यक्ष अनुभव लिन सक्नेछन् र यसका क्याब वाक, आईएडी, पार्किङ सोलुसन, पुल-आउट रिभर्स असिस्ट जस्ता अत्याधुनिक वन टच फीचर्स पनि अवलोकन गर्न सक्नेछन्।

उपत्यकाभित्र वा बाहिरका डिलरशिपहरुमा सहभागी भई ग्राहकहरूले एमजी तथा अरु साझेदार ब्रान्डहरूका नवीनतम मोडेल र अफरहरूको लाभ उठाउन सक्नेछन्।

सवारीसाधन अपग्रेड गर्ने विशेष समय र अवसर बनेर आएको यस एक्सचेन्ज एण्ड अपग्रेड क्याम्पले आफ्ना ग्राहकहरूका लागि अधिकतम सुविधासहितको एक अद्वितीय अनुभव प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ।

प्रकाशित: २१ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २१ कार्तिक २०८२, शुक्रबार

Musk vows to put data centers in space and run them on solar power but experts have their doubts

  • २१ कार्तिक २०८२, शुक्रबार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २१ कार्तिक २०८२, शुक्रबार

EU tells TikTok to change ‘addictive’ design

  • २१ कार्तिक २०८२, शुक्रबार