आन्तरिक राजस्व विभागले भन्यो- धेरै सेवाहरु अनलाईन छन्, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाट दिईने

  • Technology Khabar | २० कार्तिक २०८२, बिहीबार
आन्तरिक राजस्व विभागले भन्यो- धेरै सेवाहरु अनलाईन छन्, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाट दिईने

काठमाडौं ।

आन्तरिक राजस्व विभागले आफू अन्तर्गत सञ्चालनमा रहेका करदाता सेवा कार्यालयहरुबाट प्रवाह भइरहेका सेवाहरु मध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरु सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाएको छ।

स्थानीय तहबाट सो सेवाहरु सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवाहरु सम्बन्धित जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

विभागले आज एक सूचना प्रकाशित गरी यसबारे जानाकारी गराएको हो। कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायत धेरै सेवाहरु अनलाईन प्रणाली मार्फत नै प्राप्त गर्न सकिने व्यवस्था हाल कार्यान्वयनमै रहेको छ।

‘यस विभाग तथा अन्तर्गतका कार्यालयहरुको सेवा प्रवाहलाई अझ करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरुप सेवालाई विकेन्द्रीकरण गर्ने व्यवस्था गरिएको तथा सेवा प्रवाहको वैकल्पिक व्यवस्था नभएसम्म सम्वन्धित करदाता सेवा कार्यालयहरुबाट सेवा सुचारु हुने हुँदा यो व्यवस्था कार्यान्वयनमा विभाग सम्बन्धित सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार