Technology Khabar २० कार्तिक २०८२, बिहीबार
काठमाडौं ।
ह्वाट्सएपले अन्ततः एप्पल वाचको लागि एउटा एप जारी गरेको छ। नयाँ एपबाट आफ्नो फोन निकाल्नु नपर्ने गरी सेवाको आधारभूत कार्यक्षमता पहुँच गर्न सकिने छ।
एप्पल वाचको लागि नयाँ व्हाट्सएप एपले केवल स्निपेटहरूको सट्टा पूरा म्यासेजहरू पढ्न सकिने छ। म्यासेजहरू पढ्दा च्याट हिस्ट्रिको थप विवरण पनि हेर्न सकिने छ। साथै भ्वाइस म्यासेजहरू रेकर्ड गर्न र पठाउनुका साथै रिएक्सनहरूको रूपमा द्रुत इमोजी पनि पठाउन सकिने छ। एपले हाई रिजोल्युसन तस्बिरहरू र स्टिकरहरू पनि देखाउने बताइएको छ।
प्लेटफर्म सीमितताहरूको कारणले कल फङ्गसन्यालिटी भने अझै पनि आधारभूत रहेको बताइएको छ। एप्पल वाच मार्फत कल गर्न वा प्राप्त गर्न नसकिने भए तापनि फोन नहेरीकन कसले कल गरिरहेको छ भनेर हेर्न सकिने उल्लेख गरिएको छ।
ह्वाट्सएपले यो एपको लागि सुरुवात मात्र भएको दाबी गरेको छ र भविष्यमा थप फङ्गसन्यालिटी ल्याउने बताएको छ। अन्य प्लेटफर्महरू जस्तै, एप्पल वाच एपले इण्ड–टु–इण्ड इन्क्रिप्सनलाई समर्थन गर्दछ।
एप्पल वाचको लागि व्हाट्सएप अब एप्पल वाच सिरिज ४ र वाचओएस १० चल्ने संस्करणहरूको लागि उपलब्ध रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २० कार्तिक २०८२, बिहीबार