ह्वावेले डिट्याचेबल स्मार्ट रिङ्ग स्ट्र्याप भएको एआर/भीआर ग्लासेसमा काम गरिरहेको हुन सक्ने

  • Technology Khabar | २० कार्तिक २०८२, बिहीबार
ह्वावेले डिट्याचेबल स्मार्ट रिङ्ग स्ट्र्याप भएको एआर/भीआर ग्लासेसमा काम गरिरहेको हुन सक्ने

काठमाडौं ।

ह्वावेले आफ्नै एआर/भीआर ग्लासेसमा काम गरिरहेको हुन सक्ने नयाँ पेटेन्ट आवेदनले बताएको छ। यो एक छुट्याउन सकिने स्ट्र्यापको साथ आउने र यो औंठीमा परिणत हुनेछ भने यसलाई चश्माको युजर इन्टरफेस नियन्त्रण गर्न प्रयोग गर्न सकिने छ। साथै यसामा जेस्चर रिकगनिसन (इशारा पहिचान), पोइन्टिङ र नेभिगेसन जस्ता सुविधा हुने बताइएको छ।

यसलाई हेडसेटमा जोडेर ट्याप र स्वाइप जस्ता साधारण चीजहरूको लागि प्रयोग गर्न सकिने छ। साथै हेडसेटमा डक गर्दा यो स्वचालित रूपमा रिचार्ज हुने बताइएको छ। यसले स्पष्ट रूपमा छुट्टै नियन्त्रकको आवश्यकतालाई हटाउने उल्लेख गरिएको छ।

हाल यो ह्वावेको पेटेन्ट आवेदन मात्र भएको बताइएको छ। यसको मतलब कम्पनीले यसलाई विकास गर्न केही समय लगाउने उल्लेख गरिएको छ। यद्यपि यो अन्ततः वास्तविक उत्पादन बन्नेछ वा छैन भनेर हेर्नको लागि भने केही समय पर्खनु पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २० कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मस्कको नयाँ कदम: अन्तरिक्षमा डाटा र एआई

  • Technology Khabar
  • २० कार्तिक २०८२, बिहीबार