Technology Khabar २० कार्तिक २०८२, बिहीबार
काठमाडौं ।
एप्पलले हाल सबै उपयुक्त आईफोन मोडेलहरूमा आईओएस २६.१ अपडेट पठाइरहेको छ। कम्पनीले आईप्याडओएस २६.१, म्याकओएस ताहो २६.१, वाचओएस २६.१, र टीभीओएस २६.१ लाई पनि प्रयोगकर्ताहरूमाझ रोल आउट गर्ने भएको छ।
आईओएस २६.१ अपडेटमा समावेश रहको नयाँ लिक्विड ग्लास टगलले प्रयोगकर्ताहरूलाई स्पष्ट र टिन्टेड यूआई इलिमेण्टहरू बीच छनौट गर्न दिनेछ। एप्पलले अन्ततः लक स्क्रिन स्वाइप टु ओपन क्यामरा विकल्प बन्द गर्न टगल पनि थप गरेको छ।
अपडेटमा एप्पल म्यूजिक, लोकल क्याप्चर, फेसटाइम अडियो, अलार्म र एप्पल इन्टेलिजेन्समा सुधारहरू समावेश छन्। एप्पलले आईओएस २६.१ अपडेटले फेसटाइम अडियोमा ध्वनि गुणस्तर पनि सुधार गर्ने दाबी गरेको छ।
यसबाहेक, एयरपड्सको साथ लाइभ ट्रान्सलेसनले चिनियाँ, इटालियन, जापानी र कोरियालीको लागि समर्थन प्राप्त गरेको उल्लेख गरिएको छ। साथै फिटनेस एपले अब म्यानुअल कसरत लगिङ विकल्प प्रदान गर्नेछ।
आईप्याडओएस २६.१ को साथ, प्रयोगकर्ताहरूले नयाँ स्लाइड ओभर मल्टिटास्किङ सुविधा र नयाँ एप्पल भिजन प्रो एपमा पहुँच पाउँनेछन्। म्याकओएस ताहो २६.१ ले डिजाइन सुधार र राम्रो सुरक्षा प्रदान गर्ने भएको छ। इमेज प्लेग्राउन्ड सुविधाले अब तेस्रो–पक्ष इमेज जेनेरेसन मोडेलहरूलाई पनि समर्थन गर्नेछ।
त्यसैगरी अपडेटहरूले बोर्डभरि बग समाधान र सुरक्षा वृद्धिहरू पनि ल्याएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २० कार्तिक २०८२, बिहीबार