स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान

  • Technology Khabar | १९ कार्तिक २०८२, बुधबार
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान

काठमाडौं ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न सम्बन्धित सबैमा आह्वान गरेको छ। प्रतिष्ठानले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो।

‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संसोधन सहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पुरा गरेका अनुसूची – १ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिनभित्र अनुसूची- ४ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ।

परियोजना प्रस्ताव अनलाइन मार्फत https://sams.iedi.gov.np बाट पनि भर्न सकिनेछ । परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइट https://iedi.gov.np मा उपलब्ध रहेको छ।

 

प्रकाशित: १९ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार