चौथो त्रैमासिकका लागि उबरको कुल बुकिङ अपेक्षाभन्दा माथि रहने प्रक्षेपण: रिपोर्ट

Technology Khabar १९ कार्तिक २०८२, बुधबार

चौथो त्रैमासिकका लागि उबरको कुल बुकिङ अपेक्षाभन्दा माथि रहने प्रक्षेपण: रिपोर्ट
Global IME Bank

काठमाडौं ।

उबर टेक्नोलोजीजले मंगलबार सार्वजनिक गरेको अनुमान अनुसार आगामी चौथो त्रैमासिकका लागि कुल बुकिङ अपेक्षाभन्दा माथि रहने देखिएको छ। कम्पनीको सदस्यता कार्यक्रमले चाडपर्वको मौसम अघि यात्रु र डेलिभरी दुबैको माग बढाएको बताइएको छ।

सवारी सेवा प्रदायक कम्पनीले तेस्रो त्रैमासिकमा राजस्वका हिसाबले वाल स्ट्रिटको अनुमानभन्दा राम्रो नतिजा प्राप्त गरेको छ। विद्यार्थीहरू विद्यालय फर्किन थालेपछि र कार्यालयहरूमा फर्किनका लागि कडाइका कारण शहरभित्रको आवागमन बढेको कम्पनीले जनाएको छ।

रोयटर्सका अनुसार सीईओ दारा खोस्रोशाहीका अनुसार उबर वन कार्यक्रमले ग्राहकहरूलाई खाना र किराना डेलिभरी बढी गर्न प्रोत्साहित गरेको छ, जसले सवारी सेवाबाहेकका क्षेत्रमा पनि कम्पनीका सेवाहरूको सम्भावना बढेको देखाएको छ।

जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा कम्पनीको डेलिभरी कारोबार २९ प्रतिशतले बढेको छ, जुन सवारी सेवा राजस्वको २० प्रतिशत वृद्धिभन्दा र माल ढुवानी कारोबारको स्थिर वृद्धिभन्दा बढी हो।

खोस्रोशाहीले भने, “उबरका धेरै सेवाहरू प्रयोग गर्ने उपभोक्ताहरूको प्रतिधारण दर ३५ प्रतिशतले बढी हुन्छ र उनीहरूले अरूको तुलनामा तीन गुणा बढी खर्च गर्छन्।” उनका अनुसार जहाँ सवारी र डेलिभरी दुवै सेवा उपलब्ध छन्, ती बजारमा सक्रिय प्रयोगकर्तामध्ये हाल झन्डै २० प्रतिशतले मात्र दुबै सेवा प्रयोग गर्छन्, तर उत्कृष्ट प्रदर्शन गर्ने देशहरूमा यो अनुपात अझ बढी छ।

यो वर्ष ६५ प्रतिशतले बढेको उबरको सेयर मूल्य मंगलबार प्रि–मार्केट कारोबारमा २.५ प्रतिशतले घटेको छ।

प्रकाशित: १९ कार्तिक २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया