Technology Khabar १९ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
टोयोटाले जापानमा २०२५ को मोबिलिटी एक्स्पोमा एउटा असामान्य अवधारणा अनावरण गरेको छ। टोयोटाले प्रदर्शनीमा बच्चाहरूको लागि किड्स मोबी भनिने एउटा सानो सेल्फ–ड्राइभिङ कार अनावरण छ।
टोयोटाको यो विद्युतीय गाडी १३० सेन्टिमिटरसम्म अग्लो बच्चाहरूको लागि डिजाइन गरिएको बताइएको छ।
भावनाहरू प्रदर्शन गर्ने एलईडी बत्तीहरू र कानको आकारको सेन्सरहरू सहित, किड्स मोबी कार भन्दा पनि बढि कार्टुन चरित्र जस्तो देखिने बताइएको छ।
कार भित्र एउटा मात्र सिट रहेको छ भने “यूएक्स फ्रेण्ड” भनिने एआई एसिस्टेन्टले सवारीको समयमा बच्चासँग कुराकानी गर्ने बताइएको छ।
वयस्कहरूले आफ्नो कारमा स्वतन्त्रता अनुभूति गरे जस्तै बच्चाहरूलाई पनि स्वतन्त्रता अनुभूति गर्न दिनु यसको लक्ष्य भएको टोयोटाले बतएको छ।
स्वायत्त सवारी साधनमा बच्चाहरुले एक्लै यात्रा गर्ने विचार अनौठो लाग्न सके पनि भविष्यमा यो स्कूल बस भन्दा सुरक्षित हुन सक्ने कम्पनीले विश्वास व्यक्र गरेको छ।
यो परियोजना एआई एक्स रोबोटिक्स डाटा सेन्टर कार्यक्रमको एक हिस्सा भएको र यसको विकास प्रदर्शनी पछि जारी रहने जनाइएको छ।
अहिलेको लागि, किड्स मोबी एउटा अवधारणा भएको र प्रदर्शनीमा आगन्तुकहरूले कारलाई नजिकबाट हेर्न सक्ने र उपहारको रूपमा मूल टोयोटा पेन्डेन्ट प्राप्त गर्न सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ कार्तिक २०८२, बुधबार