Technology Khabar १९ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
आउँदो वसन्तमा लन्च हुने तालिका रहेको आईओएस २६.४ ले अन्ततः विगत एक वर्षदेखि पर्खाइमा रहेको सुधारिएको सिरीलाई अनावरण गर्नेछ। साथै एप्पलले नयाँ सिरीको लागि गुगल जेमिनी मोडेलहरू प्रयोग गर्ने दाबी गरिएको छ।
एप्पल–सम्बन्धित जानकारीहरूको लागि परिचित र सामान्यतया धेरै भरपर्दो स्रोत मानिएको ब्लूमबर्गमा मार्क गर्मनले आईओएस २७ (र सम्भवतः आईप्याडओएस २७) सम्पूर्ण एप्पल इन्टेलिजेन्स सुइटका साथै एप्पलको “बृहत् एआई रणनीति” मा केही “प्रमुख अपडेटहरू” सहित आउने रिपोर्ट गरेका छन्।
गर्मनले यस बाहेक अन्य थप ठोस जानकारीहरूको बारेमा खुलासा गरेका छैनन्। आईओएस २७ र आईप्याडओएस २७ आधिकारिक रूपमा एप्पलको वार्षिक ‘वर्ल्र्ड वाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी’ (विश्वव्यापी विकासकर्ता सम्मेलन) को समयमा प्रस्तुत गरिनेछ र दुवै अर्को सेप्टेम्बरमा आईफोन १८ परिवारसँगै उपलब्ध हुनुपर्ने अनुमान गरिएको छ।
हाल प्रमुख सुधारहरूमा के हुनेछन् भन्ने बारेमा केही पनि थाहा नभएको र एप्पलको एआई प्ले विशेष गरी गुगलको तुलनामा अहिलेसम्म धेरै कमजोर भएको उल्लेख गरिएको छ। त्यसैले यी अज्ञात सुधारहरू सहित सायद २०२६ मा आईओएस २६.४ र पुनः परिमार्जित सिरीको साथ र त्यसपछि आईओएस २७ आउन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ कार्तिक २०८२, बुधबार