सरकारी वेबसाइटहरु दृष्टिविहीनहरुले सहज पहुँच गर्न सक्नेगरी प्राविधिक परिमार्जन गर्न प्रयत्न नेपालद्वारा सञ्चारमन्त्री खरेलसमक्ष ज्ञापन

Technology Khabar १८ कार्तिक २०८२, मंगलवार

सरकारी वेबसाइटहरु दृष्टिविहीनहरुले सहज पहुँच गर्न सक्नेगरी प्राविधिक परिमार्जन गर्न प्रयत्न नेपालद्वारा सञ्चारमन्त्री खरेलसमक्ष ज्ञापन
Global IME Bank

काठमाडौं ।

दृष्टिविहीन महिलाहरुको सहयोग र सशक्तीकरणका क्षेत्रमा काम गरिरहेको गैर सरकारी संस्था प्रयत्न नेपालले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष सबै सरकारी वेबसाइट दृष्टिविहीनहरुको पहुँच हुनेगरी प्राविधिक संशोधन गर्न सुझावसहित आग्रह गरेकोछ।

हालै प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेको नेतृत्वमा गएको टोलीले मन्त्री खरेललाई भेटेर ७५३ वटै स्थानीय तहमा सरकारले एकै प्रकारको वेबसाइट चलाउने निर्णय गरे अनुसार सबै तह र तप्काका वेबसाइटहरु समान रुपमा दृष्टिविहीनहरुको पनि सहज पहुँच होस् भन्ने उद्देश्यले वेबसाइट पहुँचमा हाल विद्यमान समस्या र त्यसका निराकरणका प्राविधिक उपाय सुझाइएको पत्र हस्तान्तरण गरिन्।

पत्र हस्तान्तरणका क्रममा मन्त्री खरेलले अध्यक्ष लामिछानेसँग छलफल गरेर समस्याबारे प्रष्ट हुन खोजेका थिए।

समस्याका बारे बुझाउँदै प्रयत्न नेपालकी अध्यक्ष लामिछानेले भनिन्, ‘पहिले वेबसाइटहरु अलग अलग प्रकारका हुने हुनाले सबैमा पहुँचका लागि समस्या थियो। अब सरकारले सबै सरकारी वेबसाइटहरु एकै प्रकारको लागू गर्ने भएपछि दृष्टिविहीनहरुका ालगि बनाइएको रिड। सफ्टवेयरले पढ्न सक्नेगरी वेबसाइटको जाभास्क्रिप्टमा प्लगइन राख्नुपर्ने हुन्छ। उक्त प्लगइन राखिदिनका लागि मन्त्रीज्यूसमक्ष अनुरोध छ।’

समस्या र पत्र बुझ्दै मन्त्री खरेलले  मन्त्रालयका प्रविधि विज्ञलाई समस्याबारे अध्ययन गरेर सम्भव भएको खण्डमा पत्रमा रहेको सुझाव अनुसार आवश्यक परिमार्जनका लागि निर्देशन दिए।

उनले मन्त्रालयको प्रवधिविज्ञको टोलीले यसबारे अध्ययन गरेर आवश्यक कदम चाल्ने प्रयत्न नेपालका अध्यक्ष लामिछानेलाई आश्वस्त पारे।

प्रकाशित: १८ कार्तिक २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया