रियलमी सी८५ प्रो र सी८५ फाइभजी सार्वजनिक; ७,०००एमएएच ब्याट्री र आईपी६९ रेटिङ समावेश

Technology Khabar १८ कार्तिक २०८२, मंगलवार

रियलमी सी८५ प्रो र सी८५ फाइभजी सार्वजनिक; ७,०००एमएएच ब्याट्री र आईपी६९ रेटिङ समावेश
Global IME Bank

काठमाडौं ।

रियलमीले भियतनाममा सी–सिरिजको रियलमी सी८५ प्रो र रियलमी सी८५ फाइभजी गरी दुई नयाँ फोनहरू अनावरण गरेको छ। दुबै फोनहरूले ५० मेगापिक्सेल मुख्य क्यामराको साथ ६.८–इन्च डिस्प्ले, ४५वाट चार्जिङको साथ ७,०००एमएएच ब्याट्री र आईपी६९के इन्ग्रेस सुरक्षा समावेश गरेको छ।

रियलमी सी८५ प्रो २०२३ को एलटीई–वन्लि क्वालकम स्न्यापड्रागन ६८५ चिपले सुसज्जित गरिएको छ भने सी८५ फाइभजीले अझ पछिल्लो र फाइभजी–सक्षम डाइमेन्सिटी ६३०० समावेश गर्दछ। रियलमी सी८५ फाइभजी वास्तवमा रियलमी १५× सँग धेरै मिल्दोजुल्दो भए पनि १५× मा रहेको ७०वाटको तिव्र चार्जिङ गति प्रमुख भिन्नता भएको बताइएको छ।

सी८५ प्रोले एफएचडी+ रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट भएको एएमओएलईडी डिस्प्ले ल्याएको उल्लेख गरिएको छ भने सी८५ फाइभजी मा एचडी+ रिजोल्युसन र १४४हर्ज रिफ्रेस रेट भएको आईपीएस एलसीडी समावेश गरिएको छ। साथै दुवै फोनहरूमा २८एमएम बराबरको ५० मेगापिक्सेलको मुख्य क्यामरा (आईएमएक्स८५२) र ८मेगापिक्सेल सेल्फी शूटरहरू समावेश गरिएका छन्।

यी दुई नयाँ स्मार्टफोनहरूले एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६.० बुट गर्दछन्। दुबै स्मार्टफोनहरूमा रहेको ७,००० एमएएच ब्याट्रीहरूले ओटीजी चार्जिङलाई समर्थन गर्दछ र अन्य स्मार्टफोनहरू, स्मार्टवाचहरूका साथै इयरबडहरू जस्ता एक्सेसरिजहरू पावर गर्न प्रयोग गर्न सकिने छ।

दुवै फोनहरू प्यारोट पर्पल र पिकक ग्रिन रङ्गहरूमा उपलब्ध छन्।

रियलमीसी८५ प्रोको ८/२५६जीबी ट्रिमको मूल्य २९२ अमेरिकी डलर बाट सुरु हुन्छ। रियलमी सी८५ फाइभजीको ८/१२८जीबी मोडेलको मूल्य २४७ अमेरिकी डलर बाट सुरु हुन्छ भने २५६जीबी स्टोरेज संस्करणको मूल्य २७० अमेरिकी डलर कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया