Technology Khabar १८ कार्तिक २०८२, मंगलवार
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकबाट उठाउने महसुल तथा शुल्क दूरसञ्चार प्राधिकरणबाट स्वीकृत गराउनुपर्ने भएको छ। प्राधिकरणले हालै एक सूचना प्रकाशित गरी इन्टरनेट सेवा प्रदायकहरु र आम उपभोक्ताहरुमा यस्तो जानकारी गराएको हो।
नेपाल दूरसचार प्राधिकरणबाट इन्टरनेट (इमेल सहित ) अनुमतिपत्र सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत ग्राहकहरुसँग लिने सेवाको शुल्क/महसुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त प्राधिकरणबाट स्वीकृत हुनुपर्ने व्यवस्था रहँदै आएको छ।
साथै यस्तो सेवाको शुल्क/महसुलदर प्राधिकरणबाट स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशन गरेपछि मात्र लागू गर्नुपर्ने पनि स्पष्ट व्यवस्था रहेको छ।
‘सबै इन्टरनेट (इमेल सहित ) अनुमतिपत्र सेवा प्रदायकहरुले दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम शुल्क/महसुल दर स्वीकृत गराएर मात्र लागू गराउन हुन तथा आम उपभोक्ताले समेत स्वीकृत भएको महसुलदर अनुसारको शुल्क/महसुलदर मात्र भुक्तानी गर्नुहुन सम्बन्धित सेवा प्रदायकहरु र आम उपभोक्ताहरुलाई जानकारी गराईन्छ’, सूचनामा उल्लेख छ।
प्रकाशित: १८ कार्तिक २०८२, मंगलवार