अमेरिकामा पहिलो अवार्ड शो गर्दै टिकटक

Technology Khabar १८ कार्तिक २०८२, मंगलवार

अमेरिकामा पहिलो अवार्ड शो गर्दै टिकटक
टिकटकको लोगो। फ्रिपिक डटकममार्फत।
Global IME Bank

काठमाडौं ।

टिकटकले अमेरिकामा आफ्नो पहिलो अवार्ड शो आयोजना गर्ने भएको छ। ‘टिकटक अवार्ड्स’ नाम दिइएको यो कार्यक्रम डिसेम्बर १८ मा बेलुकी ९ बजे (ईटी) देखि सुरु हुनेछ। यो प्रत्यक्ष कार्यक्रम लस एन्जलसको हल्युवुड प्यालाडियममा हुनेछ र टिकटक मार्फत लाइभस्ट्रीम पनि गरिनेछ। त्यसको अर्को दिनदेखि टुबि प्लेटफर्मले यो कार्यक्रम स्ट्रीम गर्नेछ।

इन्ग्याजेटका अनुसार यस अवार्ड शोमा ‘क्रियटर अफ द इयर’, ‘भिडियो अफ द इयर’, ‘ब्रेकथ्रु आर्टिस्ट अफ द इयर’ र ‘म्यसज अफ द इयर’ जस्ता विधाहरू समावेश हुनेछन्। ‘म्युज अफ द इयर’ को अर्थ स्पष्ट नभए पनि पेरिस हिल्टन यस विधामा नामांकित भएकी छिन्।

अधिकांश नामांकितहरू विभिन्न प्रकारका इनफ्लुएन्सर हुन्, जबकि परम्परागत पत्रकारहरू यस सूचीमा छैनन्। यसले कार्यक्रमलाई राजनीतिक विषयबाट टाढा राखिएको संकेत गर्छ। ‘भिडियो अफ द इयर’ का लागि नामांकित क्लिपहरूमा एउटा फेसन इनफ्लुएन्सरले आफ्ना विशेष सामग्री प्रदर्शन गरेको भिडियो र अर्को ‘होममेड दुबई चकलेट’ बनाउने विधि समावेश छ।

प्रयोगकर्ताहरूले नोभेम्बर १८ देखि आफ्नो मनपर्ने क्रिएटरका लागि टिकटकमा उपलब्ध हुने मतदान पोर्टलमार्फत मत दिन सक्नेछन्।

कार्यक्रममा रातो कार्पेट, लाइभ प्रदर्शन, प्रत्यक्ष दर्शक लगायतका आकर्षक तत्वहरू रहनेछन्। यो कुरा हालै घोषणा गरिएको ‘इन्स्टाग्राम रिङ अवार्ड्स’ भन्दा भिन्न छ, जसमा कुनै प्रत्यक्ष कार्यक्रम हुँदैन र अवार्डहरू हुलाकमार्फत पठाइने छन्।

टिकटक ले यसअघि जर्मनी, मेक्सिको, कोरिया लगायतका देशहरूमा यस्ता अवार्ड कार्यक्रम आयोजना गरिसकेको भए पनि अमेरिकामा भने यो पहिलो पटक हुन लागेको हो।

 

प्रकाशित: १८ कार्तिक २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया