Technology Khabar १७ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोजमा १० लाख ४५ हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ।
भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा ५ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको १० लाख ४५ हजार ९६० थान सिम कार्ड आयात भएको छ।
सिम कार्ड आयातबाट सरकारले १ करोड २६ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड अस्ट्रेलिया, चीन, जापान, कतार, बेलायत, मेक्सिको र डेनमार्क गरी विश्वका सात देशबाट आएको देखिन्छ।
असोजमा सबैभन्दा बढी अर्थात् १० लाख ९०५ हजार थान सिम कार्ड चीनबाट नेपाल आएको छ। यसको समग्र मूल्य ५ करोड १३ लाख ५१ हजार परेको छ।
यसैगरी मेक्सिकोबाट ३ लाख २२ हजार बराबरको ३० हजार थान तथा बेलायतबाट ३ लाख ११ हजार बराबरको १० हजार २ थान सिमकार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ।
अष्ट्रेलियाबाट ८८ हजार बराबरको ५ हजार थान, जापानबाट ३ हजार बराबरको ५० थान थान आएको छ। कतारबाट २ र डेनमार्कबाट १ थान सिमकार्ड आएको देखिएको छ तर यिनीहरुको मूल्य उपलब्ध छैन।
यस्तो छ विवरण
| क्र. सं. | देश | परिमाण | रकम हजारमा |
| १ | अस्ट्रेलिया | ५००० | ५० |
| २ | चीन | १०००९०५ | ५१३७१ |
| ३ | डेनमार्क | १ | ० |
| ४ | जापान | ५० | ३ |
| ५ | मेक्सिको | ३०००० | ३२२ |
| ६ | कतार | २ | ० |
| ७ | बेलायत | १०००२ | ३११ |
प्रकाशित: १७ कार्तिक २०८२, सोमबार