Technology Khabar १७ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
केही समयदेखि, गुगलले आफ्नो स्वामित्वमा रहेका सबै चीजहरूलाई एआई–करण गरिरहेको छ र पछिल्लो एआई इन्फ्युजन सिधै एन्ड्रोइडको प्ले स्टोरमा गएको छ। यसले अब स्टोरमा सूचीबद्ध एपहरूको लागि एआई उत्पन्न समीक्षा सारांशहरू देखाउने छ र यसले कुनै विशेष एप कति राम्रो वा नराम्रो छ भनेर महसुस गर्न विभिन्न एप समीक्षाहरू स्किमिङ (केवल महत्त्वपूर्ण बुँदाहरू मात्र याद गर्न सकियोस् भनेर केहि छिटो पढ्ने कार्य) गरेर समय बचत गर्न मद्दत गर्र्नेछ।
गुगलको अन्य कुराहरुमा जस्तै यो सुविधाको रोलआउटमा पनि ढिलाई भएको र अन्ततः यो लन्च गरिएको छ। एआई सारांशहरू पहिलो पटक एक वर्ष भन्दा अघि परीक्षणमा देखाइएको थियो।
यो पर्याप्त समीक्षाहरू भएका एपहरूको लागि मात्र देखा पर्नेछ भने सही थ्रेसहोल्ड के हो भनेर थाहा नभएको उल्लेख गरिएको छ। प्रत्येक एआई सारांश एउटा अनुच्छेद हुनेछ र प्रयोगकर्ता समीक्षाहरूमा सबैभन्दा सामान्य सकारात्मक र नकारात्मक बिन्दुहरू हाइलाइट गर्ने प्रयास गर्नेछ।
सारांश अनुच्छेद अन्तर्गत ‘चिप्स’ को चयन प्राप्त गरिने छ र प्रत्येक चिपले के वर्णन गर्दछ भनेर उल्लेख गर्दै समीक्षाहरूमा द्रुत रूपमा लैजान ट्याप गर्न सकिने बताइएको छ। एप्पलले गत अप्रिलमा आईओएस एप स्टोर जस्तै समान केहि रोल आउट गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १७ कार्तिक २०८२, सोमबार