टोयोटाले सार्वजनिक गर्यो आफैंले एसेम्बल गर्न सकिने एसयूभी

  • Technology Khabar | १७ कार्तिक २०८२, सोमबार
टोयोटाले सार्वजनिक गर्यो आफैंले एसेम्बल गर्न सकिने एसयूभी

काठमाडौं ।

टोकियो मोटर शोमा टोयोटाले नयाँ आईएङ्गभी ओरिजिन एसयूभी सार्वजनिक गरेको छ। यसलाई कम्पनीले जानाजानी “अपूर्ण” रूपमै प्रस्तुत गरेको हो।

टेलिग्राफका अनुसार यो सानो आकारको खुला बडी भएको सवारी साधन हो, जसलाई अफ्रिकाका दुर्गम तथा खराब सडक भएका ग्रामीण क्षेत्रका लागि तयार गरिएको बताइएको छ — जहाँ स्पेयर पार्ट्स सजिलै उपलब्ध हुँदैनन्।

यसको क्याबिनमा केवल एक सिट छ, र यसमा ढोका वा झ्याल छैनन्। जापानमा यो सवारी ७० प्रतिशतसम्म मात्र जोडीनेछ, त्यसपछि बाँकी असेंबली सवारीधनीले आफैं गर्नुपर्नेछ — वा टोयोटाको भाषामा, “संयुक्त सिर्जनात्मक प्रक्रिया” हुनेछ।

टोयोटाका डिजाइनरहरूका अनुसार आईएमभी सजिलै एसेम्बल गर्न सकिने प्रकारको सवारी हो, जसलाई विभिन्न उद्देश्यका लागि परिमार्जन गर्न सकिन्छ। यो सवारीलाई आवश्यकता अनुसार पिकअप, भ्यान वा सफारी बसको रूपमा पनि रूपान्तरण गर्न सकिनेछ।

प्रकाशित: १७ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...