गुगलले प्रस्तुत गर्यो पूर्ण रुपमा जेनेरेटिभ एआईमार्फत् निर्मित पहिलो विज्ञापन

  • Technology Khabar | १६ कार्तिक २०८२, आईतवार
गुगलले प्रस्तुत गर्यो पूर्ण रुपमा जेनेरेटिभ एआईमार्फत् निर्मित पहिलो विज्ञापन

काठमाडौं ।

गुगलले आफ्नो पहिलो जेनेरेटिभ एआई प्रयोग गरेर पूर्ण रूपमा तयार गरिएको टिभी विज्ञापन सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो विज्ञापन निर्माणमा भिओ३ सहितका अन्य एआई उपकरणहरूको प्रयोग गरिएको टेलिग्राफले उल्लेख गरेको छ।

“प्लानिङ अ क्विक गेटअवे?” शीर्षकको उक्त विज्ञापनमा मुख्य पात्र टम नामको टर्की हो, जसले एआईको सहयोगमा थ्याङ्क्सगिभिङ नमनाइने ठाउँमा आफ्नै खेतबाट भाग्ने योजना बनाउँछ।

गुगलको एआईले एन्ड्रोइड फोनमा दिएको परिणामका आधारमा, टमले एउटा उडान फेला पार्छ र अन्ततः स्विमिङ पूल भएको सुरक्षित स्थानमा पुग्न सफल हुन्छ।

प्रकाशित: १६ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...