बिदा सिजनको आईफोन बिक्रीको प्रक्षेपणपछि एप्पलको शेयर उकालियो

Technology Khabar १६ कार्तिक २०८२, आईतवार

बिदा सिजनको आईफोन बिक्रीको प्रक्षेपणपछि एप्पलको शेयर उकालियो
Global IME Bank

काठमाडौं ।

एप्पलले आगामी लाभदायक बिदा सिजन (होलिडे क्वार्टर) का लागि सकारात्मक पूर्वानुमान प्रस्तुत गरेपछि कम्पनीकव सेयर शुक्रबार प्रि–मार्केट कारोबारमा करिब २ प्रतिशतले बढ्यो।

ढिलो डेलिभरीका कारण चीनजस्ता प्रमुख बजारमा वितरणमा समस्या देखिए पनि नयाँ आइफोन १७ सिरिजले बिक्री पुनःवृद्धि गरिरहेको सङ्केत दिएको छ।

रोयटर्सका अनुसार आपूर्ति अभावका कारण चौथो त्रैमासिक बिक्रीमा केही असर परे पनि लगानीकर्ताहरू आशावादी छन्। सेप्टेम्बरमा नयाँ आइफोन सिरिजको सार्वजनिकतापछि यो हप्ताको सुरुवातमै एप्पलको बजार मूल्य ४ ट्रिलियन डलर पार गर्दै एनभिडिया र माइक्रोसफ्टसँगै सो स्तरमा पुगेको थियो।

नयाँ पूर्वानुमानले एप्पलले कृत्रिम बुद्धिमत्तासम्बन्धी दीर्घ प्रतीक्षित सुविधाहरू ढिलो एकीकृत गरिरहेको चिन्तालाई पनि केही हदसम्म कम गरेको छ, जबकि अन्य प्रविधि कम्पनीहरू तीव्र गतिमा अघि बढिरहेका छन्।

“म धेरै वर्षदेखि यो सेयरको मालिक छु… जब कम्पनी एप्पलजस्तो ठुलो हुन्छ, उसले छिटो भन्दा पनि सही समयमा सही निर्णय लिनुपर्छ,” एकुवेस्टका प्रमुख लगानी अधिकारी एरिक क्लार्कले भने।

यद्यपि “म्याग्निफिसेन्ट सेभेन” भनिने ठूला प्रविधि कम्पनीहरूको समूहमा एप्पल र अमेजनको सेयर प्रदर्शन अहिलेसम्मको सबैभन्दा कमजोर रहँदै आएको छ। तर अमेजनको सेयर शुक्रबार बजार खुल्नुअघि नै तिमाहीमा उत्कृष्ट क्लाउड वृद्धि देखिएपछि तीव्र रूपमा बढेको छ।

एलएसईजीका तथ्यांक अनुसार, एप्पलको सेयर विश्लेषकहरूले अनुमान गरेको नाफाको ३३.४ गुणा मूल्यमा कारोबार भइरहेको छ, जुन माइक्रोसफ्टको ३१.७ र मेटा प्लाटफर्म्सको २२.३ गुणाभन्दा उच्च प्रिमियम हो।

प्रकाशित: १६ कार्तिक २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया