तीन महिनामा नेपालमा भित्रियो ११ करोड ४० लाखमाथिको ६० हजार थानभन्दा बढी विद्युतीय चुलो

Technology Khabar १५ कार्तिक २०८२, शनिबार

तीन महिनामा नेपालमा भित्रियो ११ करोड ४० लाखमाथिको ६० हजार थानभन्दा बढी विद्युतीय चुलो
सांकेतिक तस्विर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोज मसान्तसम्म नेपालमा ११ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज महिनासम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न १९ देशहरुबाट उक्त मूल्य बराबरका ६० हजार ७४५ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले १ करोड ६२ लाख ५८ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ९ करोड ७१ लाख ८० हजार बराबरको ५१ हजार थान तथा भारतबाट १ करोड ५१ लाख २१ हजार बराबरको ९ हजार १६५ थान चुलो आएको छ।

यीबाहेक कतारबाट १३ हजार बराबरको १४ थान, यूएईबाट २१ हजार बराबरको २८ थान, बंगलादेशबाट ९ लाख ४० हजार बराबरको ४८० थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४८ थान तथा साउदी अरेबियाबाट २ हजार बराबरको २ थान तथा अमेरिकाबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

 

क्र. सं.देशपरिमाणरकम
बंगलादेश६६७८९८०५
दक्षिण कोरिया
मलेसिया४८७३६
कतार१०
साउदी अरेबिया
सिङ्गापुर
यूएई२५१८
अमेरिका

 

इन्फ्रारेड चुलो

 

क्र. सं.देशपरिमाणरकम
बंगलादेश३६०७०१
चीन१३७५८२३९२७
भारत२१३९४२१३
कतार

 

अन्य विद्युतीय चुलो

 

क्र. सं.देशपरिमाणरकम
चीन६७१०१३
भारत३४८११०४
कतार
सिङ्गापुर
यूएई

प्रकाशित: १५ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया