सामसङले ग्यालेक्सी एस२६ सिरिजमा उन्नत आर्टिफिसियल इन्टेलिजेन्सको साथ कस्टम चिप्स ल्याउने

Technology Khabar १५ कार्तिक २०८२, शनिबार

काठमाडौं ।

सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस२६ सिरिजमा उन्नत आर्टिफिसियल इन्टेलिजेन्स र कस्टम चिप्स सहित प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा नयाँ अनुभव ल्याउने पुष्टि गरेको छ।

कम्पनीले आफ्नो तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनको क्रममा नयाँ डिभाइसहरूमा दोस्रो पुस्ताका प्रोसेसरहरू, हाइयर पर्फर्मेन्स (उच्च प्रदर्शन) र नयाँ क्यामरा सेन्सरहरू समावेश हुनेछन् भनि घोषणा गरेको छ।

मोबाइल एक्सपिरियन्स विभागका उपाध्यक्ष, डेनियल अराउजोले नयाँ एआई प्रविधिहरू र शक्तिशाली चिप्सको साथ “प्रयोगकर्ता अनुभवमा क्रान्तिकारी परिवर्तन” गर्ने लक्ष्य भएको बताएका छन्।

२एनएम प्रविधिको साथ उत्पादित पहिलो चिप, एक्सिनोस २६००, धेरैजसो एस२६ मोडेलहरूको हिस्सा हुने अपेक्षा गरिएको छ भने अमेरिका, चीन र जापान जस्ता केही बजारहरूमा स्न्यापड्रागन ८ एलिट जेन ६ प्रयोग गरिने रिपोर्ट गरिएको छ।

सामसङले वाई–फाई र ब्लुटुथ कनेक्टिभिटीको लागि नयाँ चिप पनि विकास गरिरहेको बताइएको छ र जसले क्वालकमको हालको सलुसनहरूलाई प्रतिस्थापन गर्नेछ।

कम्पनीले अर्को वर्षमा फोन, स्मार्टवाच र अन्य स्मार्ट डिभाइसहरूमा एआई फङ्गसनहरू विस्तार गर्नमा ध्यान केन्द्रित गर्ने बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १५ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया