Technology Khabar १५ कार्तिक २०८२, शनिबार
काठमाडौं ।
सामसङले आफ्नो सन् २०२५ को तेस्रो त्रैमासिकको आम्दानी सार्वजनिक गरेको छ। कम्पनीको यस अवधिको आम्दानी ८६.१ ट्रिलियन कोरियाली वन (५१.६६ बिलियन यूरो) रहेको र सञ्चालन नाफा १२.२ ट्रिलियन वन (७.३२ बिलियन यूरो) पुगेको बताइएको छ। दोस्रो त्रैमासिकको तुलनामा १५.४ प्रतिशत बढीले राजस्व वृद्धि भएको उल्लेख गरिएको छ।
सामसङको डिभाइस सलुसन्स डिभिजन र विशेष गरी यसको सेमीकन्डक्टर, चिप र मेमोरी व्यवसायबाट कुल सञ्चालन नाफाको आधाभन्दा बढी ७.० ट्रिलियन कोरियाली वन (४.२ बिलियन यूरो) प्राप्त भएको बताइएको छ।
मेमोरी व्यवसायले एचबीएम३ई (हाइ–ब्यान्डविथ मेमोरी) र सर्भर एसएसडीहरुको मागले गर्दा उच्च बिक्रीको रेकर्ड कायम गरेको छ। सन् २०२६ मा, सामसङले नेक्स्ट–जेनेरेसन एचबीएम४ मेमोरीको ठूलो मात्रामा उत्पादन गर्ने कुरामा ध्यान केन्द्रित गर्ने बताइएको छ। साथै अर्को वर्षको लागि सामसङ फाउन्ड्रीको ध्यान उन्नत २एनएम जीएए नोडहरूको उत्पादन बढाउनेमा केन्द्रित हुनेछ।
सामसङको चिप व्यवसाय जत्तिकै सफल नभए पनि सामसङको ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ गर्दा स्मार्टफोन डिभिजनहरू केही हदसम्म सफल भएका छन्।
यसैबीच, कम्पनीको डिस्प्ले र एपलाइन्सेस खण्डले बलियो राजस्वको बावजुद सञ्चालनमा घाटाको रेकर्ड कायम गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १५ कार्तिक २०८२, शनिबार