Technology Khabar १५ कार्तिक २०८२, शनिबार
काठमाडौं ।
नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ। व्यक्तिगत मनोरञ्जन वा कार्यालयको काम र अध्ययन अध्यापनमा समेत अपरिहार्य भएकाले इन्टरनेटको प्रयोग बढेको हो।
प्रयोगकर्ताको सङ्ख्या बढेसँगै मोबाइल ब्रोडब्याण्ड लगायत तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौ मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या २९ लाख २९ हजार २७० पुगेको छ।
नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। चालु आर्थिक वर्षको पहिलोमहिना अर्थात् साउनमा पनि कम्पनीको यो साख यथावत नै छ।
विवरण अनुसार २०८२ भदौ मसान्तसम्मका टप १० आईएसपी यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १० लाख ३१ हजार ३६१ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १० लाख २४ हजार ३८८ थियो। एक महिनाको अवधिमा कम्पनीले ६ हजार ९७३ नयाँ ग्राहक थपेको छ।
२. डिश मिडिया नेटवर्क
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म डिश मिडिया नेटवर्कको ३ लाख ६७ हजार ३५२ पुगेको छ। अघिल्लो महिना कम्पनीको इन्टरनेट जडान संख्या ३ लाख ६५ हजार ९९१ रहेको थियो। एक महिनाको अवधिमा कम्पनीले १ हजार ३६१ नयाँ ग्राहक थपेको छ।
३. भायानेट कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म भायानेट कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ३ लाख २५ हजार ६२९ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ३ लाख २२ हजार ५४२ थियो। एक महिनाको अवधिमा कम्पनीले ३ हजार ८७ नयाँ ग्राहक थपेको छ।
४. सुबिसु केबलनेट प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म सुबिसु केबलनेटको इन्टरनेट जडान संख्या ३ लाख १ हजार ५२१ पुगेको छ। अघिल्लो महिना कम्पनीको ग्राहक सङ्ख्या ३ लाख २ हजार ९३ थियो। एक महिनाको अवधिमा कम्पनीले ५७२ ग्राहक गुमाएको छ।
५. क्लासिक टेक प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म क्लासिक टेकको इन्टरनेट जडान संख्या १ लाख ९४ हजार ४६० पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ९० हजार ७३७ थियो। एक महिनाको अवधिमा कम्पनीले ३ हजार ७ सय २३ नयाँ ग्राहक थपेको छ।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमको इन्टरनेट जडान संख्या १ लाख ७६ हजार ४९३ पुगको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ७६ हजार ४५१ थियो। एक महिनाको अवधिमा कम्पनीले ४२ नयाँ ग्राहक थपेको छ।
७. टेकमाइण्ड्स नेटवर्क प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या १ लाख १३ हजार ३६८ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ७ हजार ९९५ थियो। एक महिनाको अवधिमा कम्पनीले ५ हजार ३७३ नयाँ ग्राहक थपेको छ।
८. वाइफाइ नेपाल प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या ८७ हजार ८३० पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ८४ हजार ९०२ थियो। एक महिनाको अवधिमा कम्पनीले २ हजार ९२८ नयाँ ग्राहक थपेको छ।
९. सिजी कम्युनिकेसन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ८४ हजार २१४ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ८४ हजार ११६ थियो। एक महिनाको अवधिमा कम्पनीले ९८ नयाँ ग्राहक थपेको छ।
१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ भदौ मसान्तसम्म ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५३ हजार ७०० पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ५३ हजार ६१७ थियो। एक महिनाको अवधिमा कम्पनीले ८३ नयाँ ग्राहक थपेको छ।
प्रकाशित: १५ कार्तिक २०८२, शनिबार